Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

महामन्त्री लिङ्देनलाई ज्यान मार्ने धम्कीमा पार्टीभित्रकै मान्छेको संलग्नता

बनियानी। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सांसद लिङ्देनले यही चैत ७ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आएको जिकिर गरे । “चैत ७ गतेदेखि निरन्तर मलाई थ्रेट आइरहेको थियो”, उनले भने, “कहिले शुभचिन्तक हुँ भन्दै म्यासेज आयो, कहिले तँलाई मार्ने मैले सुपारी लिएको छु भन्दै हिन्दी भाषामा भ्वाइस म्यासेज आयो ।”

शुरुमा मोबाइल नं ९८४३९४०२९४ बाट ‘कोही तपाईंलाई मार्न चाहन्छ, तीन जना इण्डियन मान्छे आको थियो, अनि त्योसँग दुई जना नेपाली मान्छे आए र भेटे, शायद एउटा पुलिसजस्तो लाग्यो, अनि तीन जनासँग पेस्तोल पनि थियो, हिन्दीबाट कुरा गर्दै थिए, दुई जना नेपालीले २० लाख दिए, बाँकी ३० लाख काम भएपछि दिने भन्दै गए’ मेसेज९सन्देश० उद्धृत गर्दे लिङ्देनले बताए ।

त्यसपछि मोबाइल नम्बर ९८१३५४४९२९ बाट ह्वाटसएपमा आफूलाई हिन्दी भाषामा ‘तुम्हे मार्नेका मुझे ५० लाख दिया गया है, २० लाख एडभान्स मिला है, बाँकी काम होनेके वाद मिलेगा’ भन्ने भ्वाइस म्यासेज आएको नेता लिङ्देनले बताए । ‘तँ राम्रो मान्छे रहेछस्, तँलाइ मारेँ भने मलाई अल्लाले पनि माफ गर्दैन, मैले मिसन छोडेँ, भारत फर्केँ”, अन्तिम भ्वाइस मेसेजबारेमा बताउँदै उनले भने, “त्यसपछि मेसेज आएन ।”

घटनापछि आफूले प्रहरीसँग सम्पर्क गरेको प्रतिनिधिसभा सदस्य लिङ्देनले बताए । उनले भने, “प्रहरीको सिआइडीले घटनाको अनुसन्धान शुरु गरिरहेको छ, केही मान्छेलाई प्रहरीले पक्राउ परेको छ ।” मोबाइल नं ९८१३५४४९२९ को कल डिटेल्सका आधारमा प्रहरीले झापाको केचनाकवल–२ बाट तिलकदास पराजुलीलाई पक्राउसमेत गरेको छ । प्रहरीले उक्त नम्बरबाट आफूसहित झापालगायत स्थानका चार जनासँग कुराकानी भएको पत्ता लगाएको उनले बताए। “केही आपराधिक व्यक्ति र केही पार्टीभित्रकै व्यक्तिसँग पनि सम्पर्क भएको देखियो”, उनले भने, “पार्टीभित्रकै मान्छे घटनामा संलग्न भएको देखिएको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending