Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

विप्लवको एजेण्डा के हुन्, न जनतालाई थाहा छ, न सरकारलाई

\"\"पहिलो कुरा त राजनीतिक एजेण्डासहित कुनैपनि राजनीतिक पार्टी या समुहले आफ्नो विचारहरु राख्ने अगाडि आउने अधिकार संविधानमा सुरक्षित छ । नेपालको संविधानले प्रष्टै भनेको छ, ‘जुनसुकै विचार आस्थाको भए पनि कसैलाई प्रतिबन्ध लगाउन, थुनछेक गर्न पाईने छैन ।’ आफ्नो विचारहरु स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्ने अधिकारहरुलाई सुनिश्चित गर्ने संवैधानिक व्यवस्था छ । अर्कोतिर देशको अमनचयनमा खलल पुर्याउने, आतंक मच्चाउने, उर्गवादी गतिविधिहरु गर्ने, विस्फोटनहरु गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने, दबाब सिर्जना गर्ने, त्रास पैदा गर्ने जस्ता गतिविधि गर्ने जोकोही व्यक्ति वा समुहलाई सरकारले कानून अनुसार कारबाही गर्ने त्यसलाई रोकथाम गर्ने व्यवस्था पनि छ । तरपनि निकास के भन्ने प्रश्न पनि उठ्छ । जुनसुकै आस्था वा विचार राख्ने समुहसँग राज्यले वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्ने हल गर्ने प्रयत्न गर्नुपर्छ । फेरि सम्बन्धित पक्ष वार्ताको टेबलमा आउनलाई पनि तयार हुनुपर्छ । जस्तोसुकै अनि जत्रोसुकै आन्दोलन या विद्रोहको निष्कर्ष भनेको वार्ता र संवाद नै हो । त्यसकारण संवादको टेबलमा विप्लव जी आउनुको विकल्प छैन् । वार्ताको टेबलमा बसेर आफ्नो एजेण्डा राख्ने र जनताले बुझ्ने भाषामा एजेण्डाहरु प्रस्तुत गर्नु नै उपयुक्त हुन्छ । यहाँ सिके राउतको विषय पनि उठ्छ । उनी चरम अवस्थामा गएर राष्ट्र नै विखण्डन गर्ने स्थितिमा थिए । उनी समेतको शक्ति समुह वार्ता र संवादको माध्यमबाट राजनीतिक मुलधारमा आउन तयार भएको छ । विप्लव जी पनि यसैगरि आउनु पर्छ । सिके राउतको त एजेण्डा स्पष्ट थियो, विखण्डन ! देशलाई टुक्र्याउँछु भन्ने थियो । सरकार, पार्टी अनि जनता विप्लव जीकाे एजेण्डा के हुन भन्ने बारेमा अन्यौलमा छन् । विप्लव जीहरुको एजेण्डा के हुन् ? स्पष्टै छैन् । उहाँले आफ्नो एजेण्डाहरु यि हुन् भनेर सरकारलाई माग राख्नु पर्यो । जस्तो हामीले जनयुद्ध सुरु गर्नुभन्दा पहिले २०५२ मा ४० बुँदे मागपत्र सरकारलाई दिएका थियौं । हामीले सरकारसँग भनेका थियौं, मागपत्र पुरा नभए हामी जनयुद्धमा जान्छौ । हामीले लुकीछिपि होइन खुला रुपमा आक्रमण गर्छौं भनेका थियौं । तर विप्लव जीहरुको अहिलेको अवस्था एनसेलको टावरहरु भत्काउने, चन्दा उठाउने, धम्क्याउने तर जनतासँग एजेण्डा स्पष्ट नपारेको अवस्था छ । राज्यलाई पनि आफ्नो एजेण्डाबारे स्पष्ट नपार्ने, वार्ताको टेबलमा आएर आफ्ना एजेण्डा पनि नराख्ने, छलफल पनि नगर्ने र आन्तरिक रुपमा गतिविधि गरेको कारण अन्यौल बढेको हाे । आफ्नो थितिलाई स्पष्ट बनाउनको निम्ति विप्लव जीहरुले आफ्नो राजनीतिक पोजिसन केहो, माग केहो, उद्देश्य केहो स्पष्ट पार्नु पर्यो । स्पष्ट भयो भने जनताको बीचमा समर्थन पनि प्राप्त हुन्छ । त्यसो भएन भने राज्यले कानून विपरितका गतिविधि सञ्चालन गर्ने समुहलाई त्यहि रुपमा राखेर व्यवहार गर्नुपर्ने बाध्यता पर्छ । त्यसकारण उहाँहरु क्लियर रुपमा अगाडि आउनु पर्छ । ठुला-ठुला युद्ध गरेका देशमा त वार्ता र संवाद हुन्छ । यहाँ संवाद नहुने भन्ने हुँदैन । हामी प्रारम्भिक चरणमै छौं । फेरिपनि मुख्य कुरा, विप्लवजीहरुले आफ्ना एजेण्डा संसारलाई स्पष्ट रुपमा राख्नु पर्छ । वार्ताको टेबलमा आउनुपर्छ । हाम्रो माग यो हो, यतिसमय भित्र पुरा गर । यति समय भित्र पुरा गरेनौं भने हामी यो प्रकृतिको आन्दोलन गर्छौं भनेर आउँदा राम्रो हुन्छ । त्यो तरिका भनेको राजनीतिक तरिका हो । अहिले विप्लव जीहरुले गरेको गतिविधिहरु अराजनीतिक खालका देखिएका छन् । (शर्मा नेकपाका केन्द्रिय सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies