Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

आतंकवादी गतिविधि नियन्त्रणमा लिनु राज्यको दायित्व हो, लिइन्छ

\"\"संविधानको मर्म र भावनाभन्दा फरक ढंगले शान्तिपूर्ण प्रक्रिया र लोकतान्त्रिक विधि तोड्दै आतंकवादी गतिविधि भएको छ । लुटपाट गर्ने, जबरजस्ती चन्दा संकलन गर्ने कामहरु विप्लव समुहको नाममा हुन थालेको छ । एउटा लोककल्याणकारी राज्यको अवधारणा आत्मसाथ गरेको सरकारले नियन्त्रणमा लिन खोज्नु सामान्य नियम नै हो । जुन तहमा उसलाई प्रतिबन्ध लगाईयो यो विशेष गरेर व्यवसायिक र व्यापारिक संस्थाहरु माथिको उसले गरेको आतंकवादी गतिविधिलाई नियन्त्रण लिन हो । बम पड्काउने, व्यक्ति हत्या गर्ने, चन्दा संकलन गर्ने लगायतका जुन गतिविधिहरुमा तिव्रता आउन थाल्यो त्यसलाई नियन्त्रणमा लिनु राज्यको मुल दायित्व नै हो । जनताको सुरक्षाको लागि सरकारले गरेको काम उपयुक्त छ । सहगोत्री भएको नाताले आलोपालो हुने, अर्मपर्म चल्ने भन्ने परम्परा हुन्छ । तर सहगोत्री भएको नाताले अपराध गर्दापनि छुट दिनुपर्छ भनेर भन्नु मिल्दैन । जे नाममा अपराधीक गतिविधि गरेपनि त्यसको नियन्त्रण गर्नु सरकारको दायित्व नै हो । सरकारले प्रतिबन्ध लगाएको अर्थ विप्लव समुहसँग वार्ता नै नहुने संवाद हिनताको अवस्था पनि होइन । पहिला पनि सरकारले पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता कमिटि बनाएको थियो । त्यो वार्ता कमिटिले विभिन्न विद्रोही समुहसँग वार्ताको प्रक्रिया अगाडि बढाएको थियो । विप्लव समुहसँग पनि उहाँहरुले विभिन्न अज्ञात ठाउँमा गएर वार्ता गर्नुभयो । सरकारले संवाद गरिरहेको अवस्थालाई उहाँहरुले कमजोरीको रुपमा बुझेपछि यो परिस्थिति विकास भएको हो । सरकारको दायित्वलाई कमजोरी ठान्ने विषय गलत छ । जब सरकार वार्तामा बस्यो झन बम पड्काउने, मान्छे मार्ने र चन्दा आतंक फैलाउने काम भए । डोजरमा आगो लगाउने, सुपरमार्केटमा बम पड्काउने, एनसेलमा बम पड्काउने गतिविधि त ह्वात्तै बढ्यो । त्यस्तो गतिविधिलाई सरकारले एक्सन लिएको हो । प्रतिबन्ध लगाएपछि आमजनतामा शान्तिको सञ्चार फैलिएको छ । केहि देशलाई द्वन्द्वमा खेलाएर मानवअधिकारको नाममा लाभ लिन खोज्नेहरुले त नकारात्मक टिप्पणी गरेकै छन् । यसलाई इस्यु बनाएर राजनीतिक लाभ लिन कतिपय लाग्नुभएको पनि छ । तर आम सर्वसाधारणमा शान्तिको सञ्चार भएको छ । कुनै पनि आतंकवादी र अपराधिक कर्मलाई आर्दश र दर्शनको लेपर लगाएर नछेकिने भन्ने हुँदैन । सिके राउतले हिजो मुलुकलाई टुक्र्याउने पृथकतावादी आन्दोलनको नेतृत्व गरे, र उनले जे–जे कर्म गरे त्यो सबै बेठिक थियो । विप्लव समुहले पनि अहिलेसम्मका अपराधिक र अराजनीतिक कर्मलाई छोड्यौं र अब मुलधारको राजनीतिक हिंड्छौं भन्नुपर्छ । संविधान तथा कानूनलाई नमान्ने भन्ने हुँदैन । जनमतलाई कदर गर्छौं भनेर आउनु भयो भने विप्लव जीहरुसँग वार्ता नगर्नुपर्ने कारण छैन् । सहकार्य नगर्नु पर्ने कारण छैन् । लामो राजनीतिक द्वन्द्व र राजनीतिक अस्थिरताबाट मुलुकलाई भर्खरै हामीले सेटमा ल्याएका छौं । देशमा संविधान बनेको छ, समृद्धिको सपना देख्ने अवस्था बनेको छ । अब शान्ति हुन्छ । राजनीतिक स्थिरता कायम हुन्छ । मुलुक समृद्धिको दिशातिर जान्छ भनेर जनतालाई कन्भीस गराएको स्थिति छ । ‘बर्मा गएपनि कर्म सँगै’ भनेजस्तै जुनसुकै परिवर्तन आएपनि कहिले राजाबाट देश जोगाउन सडकमा उत्रिनु पर्ने, कहिले विप्लव, सिके जस्ताबाट दुःख पाइने अवस्था आउनु हुँदैन । हामीले पाएको उपलब्धि, ल्याएको संविधानलाई यो अराजक अपराधिक गतिविधिले बदनाम गराउने स्थिति देखिएको छ । देशलाई नै असफल गराउन खोजिएको छ । अहिलेको सरकारले त्यस्ता खालका असंवैधानिक गतिविधिलाई नियन्त्रण लिनु आवश्यक छ । त्यसमा चुक्नु हुँदैन । त्यसो हुँदाखेरि कोही गतिविधिलाई सच्याउँदै हामी मुलधारमा आउँछौं भन्ने ढंगले आउँछ भने उनीहरुलाई मुलधारमा ल्याउनु पर्छ । होइन भने लोककल्याणकारी राज्यको अवधारणा अनुरुप जनताको सुरक्षा गर्ने कर्मबाट राज्य चुक्नु हुँदैन । कसैलाई पनि अराजनीतिक, अपराधिक, आतंकवादी गतिविधि गर्ने छुट प्रदान गर्नु हुँदैन् । ऐतिहासिक रुपमा बलियो जनमत पाएको हाम्रो सरकारले लिएको समृद्धिको यात्रालाई रोक्न खोजिन्छ भने पछाडि हट्नु हुँदैन । (बस्नेत नेकपाका केन्द्रिय सदस्य हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies