Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

खबरडबली संवाददाता

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क शिक्षा दिन लागिएको हो । 

नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर नि:शुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाले माध्यमिक तह नि:शुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन गरेको थियो । समितिले दिएको प्रतिवेदनअनुसार नगरपालिकाले अहिलेको विद्यार्थी सङ्ख्यालाई आधार मानेर नि:शुल्क गर्दा वार्षिक रु दुई करोड ४० लाख हाराहारी थप खर्च हुने जनाएको छ । 

प्रमुख सापकोटाका अनुसार नि:शुल्क शिक्षाको व्यवस्था गर्दा एक विद्यार्थीलाई थप रु दुई हजार ५०० हाराहारी खर्च हुने प्रारम्भिक अनुमान छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि यो खर्च थप गर्न लागिएको हो । यसअघिनै आधारभूत तहमा नि:शुल्क गरिएको थियो । 

शिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक रु दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । यस नगरपालिकामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दुई हजार १६७ रहेको छ । विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिने गरी नि:शुल्क शिक्षा घोषणा गर्न लागिएको हो । 

समितिका संयोजक जगन्नाथ अधिकारीले अझै थप छलफल गर्न लागिएको बताए। सबै विद्यालयका प्रध्यानाध्यापकसँग छलफल गरि एक विद्यालयलाई आवश्यक पर्ने थप रकम के कति हो सङ्कलन गरी नगरपालिकाले थप गर्नुपर्ने रकमको टुङ्गो लगाइने छ । उहाँका अनुसार केही रकम बढ्न सक्ने देखिन्छ । 

नगरपालिकामा कक्षा ९ देखि १२ सम्मका २७ विद्यालय छन् । हाल विद्यालयहरुले भर्ना शुल्क, परीक्षा शुल्क र अतिरिक्त कक्षाका लागि आवश्यक पर्ने खर्च विद्यार्थीबाट लिँदै आएका छन् । माध्यमिक तहमा नि: शुल्क शिक्षाको व्यवस्था गर्दा १५ थप शिक्षक आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । ती शिक्षकको पारिश्रमिक नगरपालिकाले दिनुपर्ने हुन्छ । 

माध्यमिक तहमा स्थानीय सरकारले कार्यविधि बनाएर नि:शुल्क घोषणा गर्न पाउने संविधानमा उल्लेख भएअनुसार रत्ननगर नगरपालिकाले संविधानको धारामा टेकेर नि:शुल्क शिक्षा लागू गर्न लागेको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर

काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...

जेनजी आन्दोलनमा भागेका व्यक्तिबाट हत्यापछि लुटपाट, २५ दिनपछि पक्राउ

नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय...

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २०७ पालिका इच्छुक

काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...

अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गर्न थाले राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...

मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...

राष्ट्रपतिद्वारा एक मात्र अध्यादेश जारी, बाँकीबारे परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending