काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।५९ बिन्दुले घटेर एक हजार १८४।०२ बिन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०६ बिन्दुले बढेर २५३।६४ बिन्दुमा पुगेको छ । कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता शेयर रु ३९ करोड ६४ लाख २१ हजार ५०१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । होटल ११।४८, वित्त ३।४२, उत्पादन ३१।८५ र अन्य उपसमूह ३।०३ बिन्दुले घटेको छ ।
यस्तै बैंकिङ ०।५५, विकास बैंक १।२९, जलविद्युत् ०।३८, निर्जीवन बीमा ५।७२, लघुवित्त ०।०३, जीवन बीमा ९।१३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ६३ लाख नौ हजार २१७, एनएमबी बैंक रु तीन करोड सात लाख आठ हजार ५८४, एनआइसि एशिया बैंक रु दुई करोड ५६ लाख ४७ हजार ३८४, नेपाल बैंक लिमिटेड रु एक करोड ५८ लाख एक हजार ११० र प्रभु बैंक रु एक करोड ४२ लाख ९२ हजार ८६ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९।९२ प्रतिशतले कमाए । यस्तै एनएजी इन्स्योरेन्स कम्पनी ४।८८, सगरमाथा इन्स्योरेन्स ३।०१, मितेर डेभलपमेन्ट बैंकका शेयरधनीले २।९८ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रोपावरका शेयरधनीले ८।६४ प्रतिशतले गुमाए । जानकी फाइनान्स ४।६२, युनिलिभर नेपाल लिमिटेड ३।९५, भागर्व विकास बैंक ३।४८ र युनाइटेड फाइनान्सका शेयरधनीले ३।४६ प्रतिशतले गुमाएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: