Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

जिल्लाको शैक्षिक बिकासमा अध्यक्ष ढकालको महत्पूर्ण योगदान, चार कोठे विद्यालय भबन हस्तान्तरण

गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको पहलमा गोरखा जिल्लाको शैक्षिक बिकासमा महत्वपूर्ण भूमिका रहेको सरोकावालाहरुले बताएका छन् ।

भूकम्पपछि थिलथिलो बनेको गोरखामा ढकालकै पहलमा पहिलोपटक जागेश्वर उच्च मा.बि.को आठ कोठे पक्कि भवन निर्माण गरीएको थियो । करिव एक करोड लगानीमा एक बर्ष भित्रमा नै बिद्यालय भवन निर्माण गरिएको थियो । ढकालको पहलमा गोर्खा जिल्लामा मात्रै एक दर्जन भन्दा बढी पुस्तकालय तथा बिद्यालय भवनहरु निर्माण भएका छन् ।

जिल्लाका नेता रहेका ढकाल शुक्रबार पनि विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सहभागि हुन् गोरखा पुगेका थिए । उनकै पहलमा निर्माण भएको भीमसेन गाउपालिका ८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन गाउपालिकाका दूई बडा अध्यक्षको उपस्थतिमा बिद्यालय हस्तान्तरण गरे । सो कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भुकम्पको कारण बिद्यालयको पुरानो भवन पूर्ण रुपमा क्षति भएको र बिद्धार्थीहरु खुला आकासमा अध्ययन गर्न बाध्य भएको दृश्य सहन नसकी बिद्यालय भवन निर्माण गरेको जानकारी दिए ।

सालमा स्थापना भएको बिद्यालय भवन भुईचालो पश्चात टहरामा सञ्चालन गरिएको थियो । भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र तथा अन्य दाताहरुको सहयोगबाट निर्माण भएको भन्दै ढकालले आफूले समन्वयकारी भूमिका खेलेको बताए । उनले बिद्यालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आँफु सदैब लागि रहने बताए ।

भीमसेन गाउपालीका ७ का बडा अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बाँसु थापाले अध्यक्ष ढकालले गोर्खा जिल्लाको शैक्षिक बिकासमा गर्नु भएको योगदानको उच्च प्रसंशा गरे । उनीहरुले ढकालले आफ्नो गाउँको नाम बिश्वमा परिचीत गराएको भन्दै भिमसेन थापा जन्मेको स्थानमा संग्राहलय निर्माण गर्नको लागि पहल गरिदिन आग्रह गरे ।

नेपाल प्रहरीका पूर्व डीआइजी डा श्याम नेपाल, परिवार दलका प्रबत्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा लगायतले शुभकामना ब्यक्त गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्री बिद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीले बिद्यालय बनेपनि यस्मा चाहिने फर्निचर ,शौचालय लगायतको अभाव रहेको बताए । ३३ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिएको हो ।

अध्यक्ष ढकाल सरस्वती मा.बि. जागेश्वर उच्च मा.बि लगायत बिद्यालयको शैक्षिक बिकासको बारेमा बिद्यलय ब्यबस्थापन समति र शिक्षक शिक्षिका हरुसँग अन्तरक्रिया समेत गरेका थिए । ढकालले ती कार्यक्रममा बोल्दै नेपालको शैक्षिक स्तर उकास्न बिद्धालयहरुको भौतिक पूर्वाधारको विकास गर्नु पर्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा जोड दिए । उनले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुत एकजुट भयर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिबर्तन गर्न सकिने बताए । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले गोरखा दलको पहलबाट निर्माण भएका बिद्यालयले सयौं बिद्धथीहरु लाभान्वित भएको बताए ।

अध्यक्ष ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीयसंग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको अवलोकन गरको दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending