Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

खबरडबली संवाददाता

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेको छ, जुन अवधिमा दलहरूले विभिन्न वाचासहितका घोषणापत्र ल्याउने र तिनका उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय पाउने छन्।

मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूको अन्तिम नामावली यही शुक्रवार प्रकाशन हुने छ र त्यसपछि आचारसंहिताको अधीनमा रही प्रचारप्रसारका कार्यक्रम थालिने निर्वाचन आयोगको भनाइ छ।

प्रत्यक्ष प्रणालीतर्फ देशभरि तीन हजारभन्दा धेरै उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका विवरण आएका छन् भने यसअघि समानुपातिकतर्फ ३,२१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिसकिएको छ।

दलहरू के गर्दै?

मुख्य दलहरूले छुट्टै समिति नै बनाएर घोषणापत्र लेख्न थालेको बताएका छन्। आन्तरिक विवादका माझ उम्मेदवारी मनोनयन दर्ता गराएको नेपाली कांग्रेसले माघ १० गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।

"हामीले ल्याउने दृष्टिकोण १० गते सार्वजनिक गर्दै छौँ। हामीले कुन विषयमा कस्तो धारणा राख्छौँ भन्ने कुरा घोषणापत्रले स्पष्ट पार्ने छ। साथै यो निर्वाचनपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पायो भने प्रधानमन्त्री कसलाई बनाउँछ भनेर पनि घोषणापत्रमा उल्लेख हुने छ," कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाण्डूमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूलाई भने।

उनका अनुसार कांग्रेसले देशको आर्थिक उन्नति, समृद्धि र विकास कसरी गर्ने भन्ने विषय घोषणापत्रमा स्पष्ट हुने छ।

अर्को दल नेकपा एमालेले अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणापत्र लेख्ने काम गरिरहेको उक्त दलका नेताहरूले बताएका छन्।

"हाम्रो पार्टीले केही दिनमा यसलाई अन्तिम रूप दिने छ। देशमा लोकतन्त्र र संविधानको रक्षालाई प्राथमिकता दिँदै 'समृद्ध नेपाल, सुखी नेपाली' को २५ वर्षे अवधारणा कार्यान्वयन गर्ने गरी घोषणापत्र आउने छ," एमालेको निर्वाचनसम्बन्धी प्रेस संयोजक मीनबहादुर शाहीले बताए।

उक्त पार्टीका उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले यसपालि आफ्नो पार्टीको मुख्य प्राथमिकता राष्ट्रिय स्वाभिमानको पुनर्स्थापना, लोकतन्त्रको पुनर्स्थापना, संविधानको रक्षा, राजनीतिक स्थायित्वका लागि संविधान संशोधनजस्ता विषय रहेको बताए।

"विगतमा हाम्रो मुख्य अजेन्डा विकास हुन्थ्यो भने यसपालि लोकतन्त्र र राष्ट्रियता, संविधान संशोधन र राजनीतिक स्थायित्वलाई मुख्य मुद्दा बनाएर जान्छौँ," उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनतासामु 'वाचापत्र' ल्याउने भनेको छ।

"हामी अर्को एक साताभित्र वाचापत्र सार्वजनिक गर्नेबारे आधिकारिक भन्ने छौँ। अहिले यसको अन्तिम चरणमा छौँ," रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले बताए।

"हाम्रो निम्ति आर्थिक विषय र सुशासन नै केन्द्रमा रहन्छ। हामी सरकारमा गइसकेपछि पहिलो यति दिनमा यीयी कामहरू गर्ने भनेर नीतिगत सुधार तथा जनताले अनुभूति गर्न सक्ने परिवर्तनका कुराहरू त्यसमा रहन्छन्।"

नेपाली कम्युनिस्ट पार्टीले पनि घोषणापत्र लेखन कार्य भइरहेको बताएको छ।

"दुईचार दिनभित्र हामी यसलाई टुङ्ग्याउने छौँ। हाम्रो मुख्य ध्यान भनेको एकातिर सुशासन, समृद्धि र सामाजिक न्यायतर्फ छ भने अर्कोतर्फ राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षामा रहने छ," सो पार्टीका तर्फबाट घोषणापत्र लेख्न बनेको समितिका प्रमुख समेत रहेका नेता नारायणकाजी श्रेष्ठले भने।, "हाम्रो मुख्य जोड रोजगारी, शिक्षा र स्वास्थ्य नै हुने छ।"

अन्य दलहरूले पनि जनताको जनजीविका अनि देश विकासका विषय समेटेर आआफ्ना घोषणापत्र तयार पारिरहेका छन्।

निजी क्षेत्रका प्रतिनिधिहरूले चाहिँ दलहरूलाई अर्थतन्त्रमा केन्द्रित भएर घोषणापत्र बनाउन आह्वान गरिरहेका छन्।

नेपाल उद्योग परिसङ्घले त्यसबारे बुँदागत सुझावहरू समेटेर तिनबारे राष्ट्रिय स्तरका दलहरूसँग छलफल गर्ने भनेको छ।

परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सात सालदेखि जेन जी आन्दोलनसम्म आइपुग्दा धेरैपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तनले तीव्रता पाउन नसकेको भनेका छन्। दलहरूले आर्थिक अजेन्डा ल्याए पनि तिनले कार्यान्वयनमा प्राथमिकता नपाएको उनको गुनासो छ।

प्रचारप्रसारलाई कति दिन?

निर्वाचन आयोगको नियमानुसार राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्छ।

त्यस्तो घोषणापत्रकै आधारमा उनीहरूले प्रचारप्रसार गर्नुपर्ने आयोगले उल्लेख गरेको छ।

निर्वाचन घोषणापत्रलाई राजनीतिक दलहरूले आयोगमा पेस गर्नुपर्ने छ भने स्वतन्त्र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ।

त्यति मात्र होइन ती दल तथा निर्वाचित उम्मेदवारहरूले उनीहरूको घोषणापत्रमा उल्लेख भएबमोजिम कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका निम्ति सार्वजनिक गर्नुपर्ने छ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अगाडिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा कुनै प्रकारका प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलोजस्ता कार्यक्रम गर्न पाइने छ।

मतदानभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुने हुनाले माथि उल्लिखित प्रचारप्रसारका काम १५ दिन गर्न पाइने हुन्छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending