काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली साबिकको कमिटीबाट वरिष्ठताका आधारमा जिल्ला नेतृत्वको सूची टुंग्याउन लचक भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल मापदण्डविना जिल्ला नेतृत्व टुंग्याउन नहुने अडानबाट पछि नहटेपछि ओली लचिलो बनेका हुन् । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियाबारे बुधबार नेता नेपालसँग छलफल गरेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यसअघि उनीहरूले अरू नेतासँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार छलफलमा अध्यक्ष ओलीले आफू वरिष्ठताको मापदण्डबाटै नेतृत्व टुंग्याउन तयार रहेको, तर सबै जिल्लामा एउटै मापदण्ड लागू गर्न भने नसक्ने प्रस्ताव गरेका छन् । सबै पक्षलाई विचार गरेर निर्णय गर्नुपर्ने उनको प्रस्ताव छ । सबै जिल्लामा साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई नेतृत्व दिनुपर्ने नेपालको अडान सम्बोधन गर्ने गरी एक दर्जनजति जिल्लामा उनीनिकटलाई अध्यक्ष÷सचिव बनाउन ओली लचिलो बनेको स्रोतले बतायो । पूर्वएमालेले ४५ र माओवादीले ३२ जिल्लाको नेतृत्व लिने समझदारी भइसके पनि ओली र नेपालबीच पूर्वएमालेले लिने जिल्ला नेतृत्वमा भागबन्डा मिलेको छैन ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केन्द्रीय सचिवालयले यसअघि पारित गरेको मापदण्डमाथि पुनर्विचार गरेर नयाँ मापदण्डका आधारमा टुंगो लगाउन सकिने धारणा राखेका छन् । राजकीय मामिला र जनप्रतिनिधिको जिम्मेवारीमा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी दिन नसकिने सचिवालयको निर्णयमा पुनर्विचार गर्दै आवश्यक पर्दा उनीहरूलाई पनि समेट्न सकिने गरी नयाँ मापदण्ड बनाउन सकिने प्रचण्डको प्रस्ताव छ ।
९ वैशाखभित्र एकीकरणको बाँकी काम टुंग्याउन अध्यक्षद्वय ओली र प्रचण्डले वरिष्ठ नेता नेपालसहित सचिवालयका नेताहरूसँग बेग्लाबेग्लै छलफल गर्दै आएका छन् । गत सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षले नेपालसँग छलफल गरेका थिए । पछिल्ला छलफल सकारात्मक बन्दै गएको नेताहरूको दाबी छ ।
नेपालसँग छलफलअघि अध्यक्षद्वय ओली र प्रचण्डले गत २९ चैतमा चन्द्रागिरि हिल्स रिसोर्टमा २३ घन्टे आवासीय बैठक गरेका थिए । छलफलमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल पनि गृहकार्यमा सहभागी थिए । पूर्वएमाले र माओवादी समूहमध्ये जिल्लाहरूको भागबन्डा गर्दा एउटा पक्षले इन्चार्ज लिए सचिव र अर्को पक्षले अध्यक्ष लिए सहइन्चार्ज पाउने मोडलमा यसअघि नै समझदारी भइसकेको छ । यही मोडलभित्र रहेर एकता र कार्यविभाजनसमेत प्याकेजमै टुंग्याउने गरी नेकपा शीर्ष नेताहरूले छलफल गर्दै आएका छन् ।
तीन नेताका तीन प्रस्ताव
केपी ओलीको प्रस्ताव :वरिष्ठताका आधारमा एकताको मापदण्ड तय गर्न सकिन्छ । तर, सबै जिल्लाको हकमा एउटै मापदण्ड उपयुक्त हुँदैन, सबै पक्ष विचार गरेर एकता टुंग्याउनुपर्छ ।
प्रचण्डको प्रस्ताव : राजकीय मामिला र जनप्रतिनिधिलाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने गरी सहमति भएको मापदण्डमा पुनर्विचार गर्न सकिन्छ । एकता सहज हुन्छ भने उनीहरूलाई पनि जिल्ला नेतृत्वमा जिम्मेवारी दिन सकिने नयाँ मापदण्ड बनाउन सकिन्छ ।
माधव नेपालको माग : साबिकको कमिटीमा वरिष्ठ रहेकालाई जिल्ला कमिटीको नेतृत्व दिने गरी मापदण्ड बनाएर एकता टुंग्याऔँ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: