काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । चिनियाँ भाषा शिक्षक संघले आइतबार (आज) काठमाडौंमा आयोजना गरेको ‘दोश्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेलाको उद्घाटन गर्नुहुँदै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताएको हो ।
‘नेपाल–चीन शैक्षिक मेलाको शुरुवात हुनु सह्रानीय कार्य हो, सभामुख महराले भन्नुभयो, ‘यस्ता मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’दुई देशबीचको घनिष्ठ सम्बन्ध र सहकार्य भए पनि भाषिक समस्याका कारण जनस्तरसम्म शिक्षा, संस्कृति र अनुभव आदान प्रदानमा कठिनाई हुने गरेको सभामुख महराले बताए ।
‘दुई देशबीचको घनिष्ठ सम्बन्ध र नजिकको सहकार्य हुँदाहुँदै भाषाको समस्याका कारण जनस्तरसम्म आपसमा शिक्षा, संस्कृति र अन्य क्षेत्रको अनुभव आदान प्रदानमा केही कठिनाइ हुने गरेको देखिन्छ’, सभामुख महराले भन्नुभयो, ‘पछिल्लो समयमा नेपाली नागरिकहरुमा देखिएको चिनियाँ भाषा सिक्ने उत्सुकता र चिनियाँ नागरिकहरुले नेपाली भाषा सिक्न गरेको प्रयासले दुई देशबीच देखिएको भाषागत खाडल पुरिदै जानेछ भन्ने मैले विश्वास लिएको छु ।’
चीनले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले विकासोन्मुख देशहरुलाई समेट्दै विकासका पूर्वाधारहरु निर्माण गरिरहेको भन्दै सभामुख महराले उक्त परियोजनाबाट नेपालले अन्तरदेशीय कनेक्टिभिटी, पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, शिक्षालगायतका क्षेत्रमा सहकार्य गर्न सक्ने थुप्रै सम्भावना रहेको बताए ।
चीनले गरेको चमत्कारिक विकासले विश्वलाई नयाँ सन्देश दिइरहेको भन्दै सभामुख महराले चीनको अभूतपूर्व विकासका पछाडि त्यहाँका विश्वविद्यालयहरु र शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए । चीनले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगतिको गरेको चर्चा गर्नुहुँदै सभामुख महराले त्यसबाट नेपालले धेरै फाइदा लिन सक्ने बताए ।
‘चीनले प्राविधिक शिक्षाको क्षेत्रमा गरेको प्रगति र विकासबाट नेपालले धेरै फाइदा लिन सक्छ’, उनले भने, ‘नेपाल र चीनका विश्वविद्यालयहरुले सहकार्य गरी प्राविधिक शिक्षाबाट दीक्षित जनशक्ति उत्पादन गरी दुवै देशको हितमा काम गर्ने वातावरण बनाउन सक्छन् ।’नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति नेपाली नागरिकहरु नै तयार गर्न सकेमा ठूलो उपलब्धि हुने सभामुख महराको भनाई थियो ।
चिनियाँ नागरिकहरुले नेपालमा आयुर्वेद, हिन्दू तथा बौद्ध दर्शन, योग विज्ञान लगायतका विषय पढ्न इच्छुक रहेको कुरा आफूले सुनेको प्रसंग कोट्याउँदै सभामुख महराले नेपालका विश्वविद्यालयहरुमा विदेशी नागरिकहरुले पनि पढ्न मिल्ने पाठ्यक्रमहरु तयार गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो नेपाली पहिचान र सम्पत्तिका रुपमा रहेका विभिन्न दर्शन र शिक्षा विदेशीहरुले पनि सहजै अध्ययन गर्न सक्ने गरी पाठ्यक्रम बनाउन जरुरी छ’ उनले भने, ‘आवश्यकताअनुसार परिमार्जन तथा विभिन्न भाषामा पाठ्यक्रम तयार गरेर नेपालकै विश्वविद्यालयमा विदेशीले पढ्न बस्न सक्ने वातावरण बनाएर नेपालमा शैक्षिक पर्यटनलाई पनि बिस्तार गर्न सकिन्छ ।’
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: