Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

शेयरबजार ओरालो लाग्दा लगानीकर्ताले गुमाए १ अर्ब

काठमाडौं । एक वर्षको अवधिमा सेयर बजारमा १३१ अंकको गिरावट आएको छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा सेयर बजारमा १३१.१ अंकको गिरावट आएको हो ।

२०७४ फागुन मसान्तमा नेप्से परिसूचक १ हजार २८६.० विन्दु रहेको थियो । वार्षिक विन्दुगत आधारमा १०.१ प्रतिशतले ह्रास आई २०७५ फागुन मसान्तमा नेप्से परिसूचक १ हजार १५५.५ विन्दुमा सीमित भएको छ । २०७५ असार मसान्तमा नेप्से परिसूचक १ हजार २१२.४ विन्दु कायम भएको थियो । यस अवधिमा लगानीकर्ताहरुले करिब एक खर्ब रुपैयाँ गुमाएमा छन् । गत सालको फागुन मसान्तसम्म सेयर बजारको पुँजीकरण १,५०५ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

वार्षिक विन्दुगत आधारमा ६।२ प्रतिशतले ह्रास आई ०७५ फागुन मसान्तमा १४ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । जसअनुसार लगानीकर्ताहरुले एक वर्षको अवधिमा ९३ अर्ब ६९ करोड रुपैयाँ गुमाएका छन् । समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७४/७५ कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४६.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अनुपात ५७.९ प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या ०७५ फागुन मसान्तमा २०५ रहेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २५ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ फागुन मसान्तमा ३ खर्ब ९१ अर्ब ६३ करोड पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy