Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

शेयर बजार थामिदा अर्ब माथिको कारोवार

काठमाडौँ। लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज पनि अर्बमाथि रहेको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको ३० लाख १६ हजार ४८० कित्ता शेयर रु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका ११ उपसमूह मध्ये आज छ उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर भने बढेको छ । आइतबार पनि ओरालो लागेको बैंकिङ उपसमूह आज ७.८ बिन्दुले घटेको छ । यस्तै विकास बैंक १४.३६, जलविद्युत् १।५, वित्त ३.५३, निर्जीवन बीमा १०२.४३ र लघुवित्त ५.६२ बिन्दुले घटेका छन् ।

यस्तै व्यापार ५.४९, होटल ७.३९, उत्पादन ९.३, अन्य ३.३२ र जीवन बीमा १३०.७२ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरन्स कम्पनीको मात्रै रु १४ करोड ६९ लाख ८२ हजार ४८८ कारोवार भएको छ । सो कम्पनीको प्रतिकित्ता रु एक हजार ३१६ मूल्यमा शेयर खरीद बिक्री भए ।

यस्तै आइतबार सबैभन्दा बढी कारोवार भएको नेपाल बैंक लिमिटेड आज दोस्रो स्थानमा रहेको छ । सो बैंकको मात्रै रु ११ करोड २९ लाख ९४ हजार ४३९, प्रभु बैंक रु तीन करोड ८७ लाख ८४ हजार १९५, नेको इन्स्योरेन्स रु तीन करोड ३२ लाख ८६ हजार १५२, एनआइसिएशिया रु तीन करोड नौ लाख तीन हजार ६० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ५।६६ प्रतिशतले कमाए । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.५२, ओरियन्टल होटल ४.८०, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.६६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.५३ प्रतिशतले कमाए । यसैगरी राधी विद्युत् कम्पनीका शेयरधनीले ७.५१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ५.४४, हिमालयन पावर पार्टनर ५.२३, कन्काई विकास बैंक ४.५४, यूनाइटेड इन्स्योरेन्स कम्पनी ४.४८, युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending