जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ ।
संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् ।
सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ । बिसी ट्रेडर्स सल्यानका जनक बुढाले ठेक्कामार्फत ढुवानी गरेको एक हजार क्विन्टल चामल सर्मी खाद्यान्न डिपोमा नलगिएर रुकुमको त्रिवेणीमा बिक्री गरेको बताए ।
सर्मी डिपोका कर्मचारी मुकुन्द पनेरुको उपस्थितिमा उक्त परिणामको चामल त्रिवेणीमा बिक्री भएको खाद्य संस्थान डोल्पाका प्रमख कमलराज पाण्डेले स्वीकार गरे । यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ । बाटोमै वितरण भएको चामल रुकुम आठबिसकोट नगरपालिका त्रिवेणीका स्थानीयवासीले खरीद गरेर लिएका छन् ।
सहुलियको चामल बाटामै बिक्री गर्दा मुड्केचुलाका स्थानीयवासीले अहिलेसम्म चामल नपाएको बताएका छन् । सर्मी डिपोमा एक गेडा चामल नभएको प्रमुख पाण्डेले बताए । कर्मचारी, वडा १, २ र ३ का वडाध्यक्ष र ठेकेदारको मिलेमतोमा चामल बिक्री भएको बताइएको छ ।
तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको खाद्यान्न त्रिवेणीमा बिक्री भएको छ भने जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल अहिलेसम्म सर्मी डिपोमा आइपुगेको छैन । यता मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बाटोमै चामल बिक्री गर्ने कर्मचारी र ढुवानी गर्ने ठेकेदारलाई कारवाहीको माग गरेका छन् ।
उनले भने, “मुड्केचुलाका जनताले चामल नपाएर हैरान छन्, उता भने बाटोमा बिक्री गरेर के गर्न खोजेको हो रु” वर्षेनी यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री–वितरण हुने गरेको अध्यक्ष शाहीले बताए । अहिले सर्मी डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनु परेको छ । फोनको सहज पहुँच नभएको मुड्केचुला गाउँपालिकामा कामभन्दा पनि ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो छ ।
खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातीत अन्नबाट दैनिक जीविका चल्दै आएको छ । सरकारले अन्नुदानमा यहाँका जनतालाई उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री गरेर कागज मिलाउने काम गर्दा मुड्केचुलावासी चामलको अभावमा समस्यामा परेका छन् ।
सर्मीबाट रुकुमको त्रिवणीमा पुग्न एक दिन लाग्ने गर्दछ । त्रिवेणीबाट मर्सीसम्म आउने ढुवानी भाडामा नाफा हुने भएकाले बाटोमै बिक्री हुँदै आएको छ । खाद्यन्न अभावका कारण दैनिक समस्यमा पर्ने मुड्केचुलावासी उपलब्ध गराउने चामल बाटोमै बिक्री गरेर यहाँका जनताको भावनामा चोट पुगेको सर्मीका रामबहादुर सिंहले बताए । यो आर्थिक वर्षको चामल सर्मी डिपोमा अहिलेसम्म पुग्न नसक्दा सेवाग्राही मारमा परेका छन् ।
सडक सञ्जालसँग नजोडिएको यस क्षेत्रमा स्थानीयवासी दैनिक पीठ्यूँमा बोकेर खाद्यान्न ढुवानी गर्दैै आएका छन् । चिसो मौसममा जाजरकोट र रुकुमतिर झरेका उपल्लो डोल्पाका स्थानीयवासी अहिले यार्सागुम्बा सङ्कलन गर्ने समय आएको भन्दै डोल्पामा भित्रिएका छन् । तल्लो डोल्पाका स्थानीयवासी वर्षदिनभरि डोल्पामै बिताउने गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: