चितवन। भरतपुर महानगरपालिकाले विदुर नगर मेयर कप फुटबल प्रतियोगिताको लागि सहभागी हुन जाने खेलाडीलाई बिदाइ गरेको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको विदुर नगर मेयर कप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको लागि सहभागी हुने खेलाडीलाई भरतपुर महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमका मेयर रेनु दाहालले बिदाइ गरिन्।
बिदाइ कार्यक्रममा प्रमुख दाहालले खेलाडीहरुलाई जीतको शुभकामना समेत दिइन्। उनले खेलमा जीतहार हुने तर, निर्धक्क भएर आफ्नो खेल प्रस्तुत गर्न खेलाडीहरुलाई अनुरोध गरिन्।
बिदाइ कार्यक्रममा उनले भरतपुर माहानगरपालिकाले खेल क्षेत्रमा राम्रो काम गरेको बताउँदै खेलाडीलाई आशावादी रहन आग्रह गरिन्। उनले भनिन्, ‘भरतपुर खेलकुदको हवको रुपमा विकास हुँदैछ। यहाँ हुने गरेका राष्ट्रिय स्तरका प्रतियोगिता त्यसका उदाहरण हुन्।’
मनोज गुरुङ्गको कप्तानीमा १८ जना खेलाडीसहित गोपाल गुरुङ्गको कोच र तेजेन्द्र चौधरीको टिम व्यवस्थापनमा आज नै भरतपुर महानगरपालिकाबाट २० जनाको टिम नुवाकोट प्रस्थान गरेको छ।
कार्यक्रममा चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले खेलाडिहरुले महानगरको नाम उच्च राख्ने गरी आफ्नो प्रस्तुति राख्ने बताए। भोलि शनिबार भरतपुर महानगरले पोखरा महानगरसँग पहिलो खेल खेल्दैछ। प्रतियोगितामा भरतपुरसहित ८ समूहले सहभागिता जनाएका छन्।
प्रतियोगितामा प्रथम हुनेले ३ लाख रुपैयाँ, दोस्राले १ लाख ५० हजार रुपैयाँ पाउँनेछ भने म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, उदयमान खेलाडीलाई १० हजार रुपैयाँ प्रदान हुनेछ। प्रतियोगिताको फाइनल खेल २३ गते सोमबार हुनेछ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: