Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रधानमन्त्रीले भने - राष्ट्रपतिले 'मेरो सरकार' भन्नु कसरी अनुपयुक्त भयो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस घरघर र परिवार परिवारमा मनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा आज गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै मनाइनुपर्नेमा जोड दिए । उनले भने, \'यो दिन परिवारभित्रै पनि उत्सवका रुपमा मनाउनुपर्छ । केही नभए घरका बच्चालाई यो दिवसको अवसर पारेर चकलेट वितरण गर्नुहोस्, किनकि आजको त्यो चक्लेट खाने बच्चा भोलिको राष्ट्रपति हुन सक्छ ।\'

प्रधानमन्त्री ओलीले गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै यो दिनलाई जनताले साझा चाडका रुपमा उत्साहसाथ मनाउनुपर्नेमा जोड दिए । केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको उनले स्पष्ट पारे । उनले भने, ‘यो जनतामाथिको हमला हो, जनतामाथिको अपमान हो । यो आपराधिक कार्य र देशद्रोही कुरा हो ।\'

जनता चुप लाग्दा प्रतिगामी तत्व सल्बलाउन थालेका छन् भन्दै जनता सचेत हुनुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ थियो । राजतन्त्रमा हुने जन्मसिद्धश्रेष्ठता पाखण्डी सिद्धान्त भएको प्रधानमन्त्रीको टिप्पणी थियो । उनले भने, \'गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक रुप हो, प्रतिस्पर्धी प्रणाली हो ।\'

‘राष्ट्रपतिको भनाइ सही’

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलनअनुरुप भएको टिप्पणी गरेका छन् ।

छिमेकी मुलुक भारतसहित संसारका धेरै देशमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै प्रधानममन्त्रीले नेपालमा पनि सोहीअनुरुप राष्ट्रपतिले भन्नु जायज रहेको बताए । उनले भने,\'मेरो देश, मेरो भाषा भनेजस्तै मेरो सरकार भनिएको हो, यसलाई मेरो नीति भनिएको भनेर व्याख्या गर्न भएन ।\'
प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताका आधारमा चयन भएको राजतन्त्रमा ‘मेरो सरकार’ भन्नुचाहिँ उपयुक्त हुने तर जनप्रतिनिधिका रुपमा रहेको राष्ट्रपतिले भन्नु अनुपयुक्त हुने भनी गरिएका टिप्पणी नै गलत भएको ठहर गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy