Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

काठमाडौँका यी स्थानमा थप ट्राफिक बत्ती

काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो ।

काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुबै खालका स्थान छनोट भएको छ ।

ठेकेदार कम्पनीले कालीमाटी चोकमा बत्ती जडान गरिसकेको र पद्मोदय घुम्ती र सिंहदरबारअघि जडान गर्ने काम अन्तिम चरणमा पुगेको विभागका सुरक्षा तथा ट्राफिक शाखा महाशाखाका प्रमुख दिप बाराहीले बताए । तीनकुने, पुरानो बानेश्वर र मित्रपार्कमा पोल निर्माणको काम भइरहेको उनले बताए । उनले भने, \'यी सबै स्थानमा आगामी महीनासम्ममा काम सम्पन्न हुने हामीले आशा गरेका छौँ ।\'

अहिले बत्ती जडान भएका स्थानमा पहिले एक साता बत्तीको परीक्षण हुने र ट्राफिक प्रहरीलाई तालीम दिइने प्रमुख बाराहीले बताए । उनका अनुसार ट्राफिक बत्ती विभिन्न समय र मौसममा कुनै खराबी नदेखिएमा एक महीनामा नै नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ ।

काठमाडौँमा वर्षेनी सवारीको चाप बढिरहे पनि ठाउँठाउँमा ट्राफिक बत्ती नहुँदा सवारी चाप र दुर्घटना हुने गरेको छ । काठमाडौँमा मात्रै झण्डै २०० स्थानमा स्थानीयवासीले ट्राफिक बत्तीको माग गरिरहेको बताउँदै प्रमुख बाराहीले भने, ‘‘विभागले गरेको अनुसन्धानमा पनि ६० स्थानभन्दा बढी स्थानमा ट्राफिक बत्ती आवश्यक देखिएको छ ।’’ हाल ललितपुर र भक्तपुरमा तीन÷तीन स्थानमा मात्रै ट्राफिक बत्ती रहेका छन् ।

उनले भने, \'एक वर्षको बजेटले जति ठाउँमा बनाउन सकिन्छ, बाँकी स्थानमा अर्को वर्षको बजेटले बनाउने योजना छ ।’ यसअघि काठमाडौँ जिल्लामा जम्मा २० स्थानमा ट्राफिक बत्ती भए पनि जम्मा पाँच वटा मात्रै सञ्चालनमा थियो । रु एक करोड नौ लाखको लागतमा नेपाली प्राविधिकले नै बत्ती जडानको काम गरिरहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy