काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा हुने सवारी दुर्घटना कम गर्नका लागि सडक सुरक्षासँग सम्बन्धित फोटो प्रदर्शनी आजदेखि शुरु गरेको छ ।
रत्नपार्कस्थित शान्तिबाटिकामा शुरु भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालनमा रहनेछ । प्रदर्शनीमा सडक दुर्घटना, नियमको पालना र नागरिक सचेतना गरी तीन विधाका तस्बीर प्रदर्शनमा राखिएको छ ।
प्रदर्शनीको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यस प्रदर्शनी विद्यालय उमेरदेखि केटाकेटीमा लक्षित गरेर आयोजना गरिएको बताए ।
यसका लागि कामपाले सडक सुरक्षासँग सम्बन्धित तस्बीर सङ्कलन गर्न सार्वजनिक सूचना जारी गरेको थियो करीब एक महीना लामो तस्बीर सङ्कलनको समयमा २०२ वटा तस्बीर प्राप्त भएका थिए । प्राप्त तस्बीरमध्ये निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट ५० वटा तस्बीर प्रदर्शनमा छन् । यससँग सम्बन्धित तस्बीर विभिन्न मिडियाका फोटो पत्रकार सर्वसाधारण नागरिकबाट पनि प्राप्त भएको थियो ।
यी मध्ये प्रथम, दोस्रो र तेस्रो हुने तस्बीरले रु ५० हजार नगदसहिदको पुरस्कार पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक जयराज सापकोटाले महानगरको नेतृत्वमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा काम छिटो र सकारात्मक परिणाम आउने आशा व्यक्त गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: