Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

रामलीला मैदान, जहाँबाट रामदेव महिलाको कपडा लगाएर भागेका थिए

नई दिल्ली । भारतको राजनीतिक परिवर्तनको साँचीको रुपमा रामलीला मैदान उभिएको छ । मैदानमा कयौं ऐतिहासिक र्यालीहरु भएका छन् । यहाँ भएको र्यालीहरुले सत्तामा बस्नेलाई सडकसम्म र सडकमा बस्नेलाई सत्तामा पुर्याएका छन् । इतिहासकारका अनुसार १० एकड क्षेत्रफलमा फैलिएको रामलीला मैदान सन् १८८३ मा ब्रिटिश सैनिकको लागि शिविर राख्ने ठाउँ बनाइएको थियो ।

यहाँ स्वतन्त्र भारतको लागि कयौं ठुला र्यालीहरु भएका थिए । भारत स्वतन्त्रताको लडाईंको बेला महात्मा गान्धी, जवाहरलाल नेहरु, सरदार पटेलसहित थुप्रै नेताहरु यहाँको विरोध र्यालीहरुलाई सम्बोधन गर्दथे । उनीहरुले आन्दोलनलाई माथि उठाउन यस ठाउँको विशेष प्रयोग गरेका थिए । अहिले पनि भारतीय नेताहरु यहाँको शक्ति प्रदर्शन तथा सभालाई विशेष महत्व दिन्छन् । जवाहरलाल नेहरुदेखि अन्न हजारेसम्मको आन्दोलन यही मैदानमा भएको छ ।

\"रामलीला

यहाँबाटै महिलाको कपडा लगाएर भागेका थिए रामदेव
जुन २०११ मा कालोधन फिर्ताको लागि अनशनमा बसेका बाबा रामदेब जब पुलिस गिरफ्तार गर्न आयो । त्यसबखत जोगिनको लागि ठूलो मञ्चबाटै उनि हामफालेर पहिलाको कपडा बेरेर भागेका थिए । तर महिलाको कपडाबाट भने उनि जोगिएनन् । संका लागेर पिछा गर्दा उनी समातिएका थिए ।

अन्ना आन्दोलन यहीँबाट देशव्यापी बन्यो
सन् २०११ मा अन्ना हजारेले जनलोकपालको माग गर्दै यही रामलिला मैदानबाट सत्याग्रह गरेका थिए । उनले गरेको आमरण अनशनको आन्दोलन पछि देशव्यापी बनेको थियो । यहीँको आन्दोलनको स्वरुप आम आद्मी पार्टी जन्मिन गयो । जसले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चर्चा बटुलेको थियो ।

केजरीवालले यहीँबाट लिए सपथ
अरबिन्द केजरीवाल मुख्यमन्त्री बन्दा उनले लाखौं मान्छेका बीचमा यही मैदानबाट सपथ लिएका थिए । जसको सरकार दिल्लीमा एकदमै मजबुद ढंगले स्थापित छ ।

जम्मु–कश्मीरको मुद्दामा श्याम प्रसादको सत्याग्रह
सन् १९५२ मा राललीला मैदानमा जम्मू कश्मीर मुद्दालाई आधारमा बनाएर श्यामा प्रसाद मुखर्जीले सत्याग्रह गरेका थिए । उनको सत्याग्रहले सरकार नै हल्लिएको थियो ।

यहीँबाट लालबहादुर शास्त्रीले देशवाशीको नाममा सम्बोधन गरे
सन् १९६५ मा जब पाकिस्तानले भारतमाथि आक्रमण गरेको थियो त्यो समय लालबहादुर शास्त्रीले रामलीला मैदानबाट देशबासीको नाममा सम्बोधन गरेका थिए । भारतमा स्थापित जय जवान, जय किसानको नारा शास्त्रीले यहीँबाट लगाएका थिए ।

इन्दिराले जीतको उत्सव मनाएको ठाउँ
सन् १९७२ मा पाकिस्तान युद्ध जितेको अवसरमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले यहाँबाट जीतको उत्सव मनाएकी थिइन् । त्यहि युद्ध पश्चात नै बंगालादेशको निर्माण भएको थियो । त्यससँगै गान्धीलाई भारी जनमत पनि प्राप्त भएको थियो । पन्जाब केशरीबाट साभार

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy