काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी प्रधानमन्त्री र मन्त्रीले छिट्टै ल्याउन चाहेकोमा कुनै शंका नभएको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको ऐतिहासिक प्रथम केन्द्रीय अधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै यस्ताे बताएका हुन् ।
‘मेलम्ची छिट्टै ल्याउँदा त्यसको प्रभावलाई ख्याल गर्दा प्रधानमन्त्री र मन्त्रीले देखाउनुभएको तत्परतामा पनि कुनै शंका छैन,’ अध्यक्षले भने, ‘ मैले विगतको सबै अनुभवहरुलाई हेर्दै बलियो हात नचलाईकन र सरकारले दह्रो कदम नचालिकन अझै पनि कठिन छ ।’
सरकार अर्को वैकल्पिक व्यवस्था गरेर छिटो भन्दा छिटो मेलम्ची ल्याउने तयारीमा भएको अध्यक्ष प्रचण्डको भनाई थियो । उनले अगाडि भने, ‘प्रधानमन्त्री र मैले यसलाई आफैंले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी लिएर आउनुपर्छ भन्नेमा हामी दृढ छौं ।’
अध्यक्ष प्रचण्डले पानीका लागि हामीले गर्नपर्ने धेरै ठूला कुराहरु रहेको उल्लेख गर्दै खानेपानीको समस्या आन्तरिक रुपमा समाधान गर्ने कुरा खानेपानीलाई विश्वभरी पुराउने कुरासँग गहिरो सम्बन्ध रहेको बताए । ‘हामीले स्थायी रुपले देशभित्रको खानेपानी समस्या समाधान गर्न जबसम्म सक्दैनौ तबसम्म दुनियाँले हाम्रो व्यवस्थापन, क्षमता र सरकारको कामलाई विश्वास गर्ने आधार पनि हुँदैन,’ उनले भने ।
उनले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधिनता सुदृढ हुने बताए । शुक्रबार नै काठमाडौंको वसन्तपुरमा खड्गी समाजद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर राष्ट्रिय एकता मजबुत हुन्छ ।’
अध्यक्ष प्रचण्डले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क पनि गरे । उनले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने र त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि धारणा राखे । कार्यक्रममा अध्यक्ष प्रचण्डले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरूमा खड्गी समाजले र्पुयाएको योगदानको पनि चर्चा गरे।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: