Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बाबुराममा ‘फ्रस्टेसन’ देखियो – सुरेन्द्र पाण्डे

काठमाडौं । आधा निद्रामा, अल्छि लागी–लागि प्रि–बजेट तयार पारेको भनेपछि नेकपा सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डा. बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखिएको टिप्पणी गरेका छन् । पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकतामाथि भट्टराईबाट भएको टिप्पणीले उनमा ‘फ्रस्टेसन’ देखिएको दाबी गरे ।

प्रि–बजेटमाथि आईतबारदेखि संसदमा सुरु छलफलमा भाग लिंदै पाण्डेले सन् १९८० को दशकमा कम्युनिष्ट आन्दोलनभित्र देखिएको ‘फ्रस्टेसन’ डा. बाबुराम भट्टराईमा देखिएको बताए । उनले भने, ‘१९८० को दशकमा पूर्व कम्युनिष्टहरु पनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भइसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले। त्यसपछि कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो। अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र ‘क्रिटिकल मोडनिस्ट भिउज‘हरु त्यस सिलसिलामा जन्म भए। ‘राइटिस्ट‘हरुभित्र पनि एक खालका ‘राइटिस्ट‘हरुबाट विरक्तिएकाहरु ‘लेफ्ट मुभमेन्ट‘बाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए। तर, त्यो विचार पनि कुनै नयाँ परिणाममुखी, कुनै कुराहरुबाट त्यो निर्देशित थिएनन्। वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको ‘फ्रस्टेसन’को अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ।’

डा. बाबुराम भट्टराईले सम्बोधन गरेलगत्तै रोस्टममा पुगेका पाण्डेले सम्बोधनको सुरुवातमै भट्टराईको भनाईप्रति टिप्पणी गरेका थिए । उनले बाबुरामको टिप्पणी कत्तिपनि नसुहाएको बताए ।

उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादन वृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दैगर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने धारणा राखे।अन्तरप्रदेश तथा अन्तर स्थानीय सरकारबीच झगडा आउन सक्ने सम्भावनालाई औल्याउँदै उनले यसमा गम्भिर हुन सरकारलाई आग्रह गरेका छन् । विकासका गतिविधिमा खरिद ऐनले पारेको प्रभावबारे उल्लेख गर्दै उनले ऐनलाई समयानुकुल बनाउन सुझाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending