Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी

काठमाडौं । नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी गरिएको छ। आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी भएको हो।

निजामती कर्मचारीले हाल खाइपाइ आएका मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। त्यसका लागि मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले सिफारिस गर्ने भएको छ। कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले बताएका छन्।

महँगीअनुसार कर्मचारीको तलब बढाउनुपर्ने कानुनी व्यवस्था छ। तर तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन। यसपटक भने बढ्ने सरकारकै उच्च अधिकारीले बताउँदै आएका छन्। यस्तै यसपटक वृद्धभत्ता पनि १ हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार आउने जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्दैछ। यसअघि सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम अहिले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थ मन्त्रालयका कर्मचारी बजेट निर्माणमा व्यवस्त भएका छन्।

राष्ट्रिय योजना आयोगको सुझावअनुसार आगामी आवका लागि करिब १५ खर्बको बजेट ल्याउने तयारी सरकारले गरेको छ। बजेट अधिवेशनका रूपमा संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन यही वैशाख २० गतेदेखि जारी छ। पछिल्लो समय नेपालको आर्थिक विकास तीव्र गतिमा भइरहेको छ। पछिल्लो २ वर्षमा आर्थिक वृद्धिको गति केही उच्च छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy