काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले इतिहास रच्न सरकार दुई तिहाईले अल्मलिय जस्तो देखिएको टिप्पणी गरेका छन् । सोमबार संसदमा बोल्दै रिजालले दुई तिहाई सरकारले इतिहास पनि रच्ने खालको प्राथमिकता र सिद्धान्त ल्याउन नसकेको बताए ।
रिजालले दुई तिहाई सरकारले प्रस्तुत गरेको कार्यक्रमले इतिहास रच्ने कार्यक्रम नल्याएको बताए । उनले भने, ‘इतिहासकै सबैभन्दा तिव्र विकास हुने वर्ष बनाउने खालको प्राथमिकता आएन, सिद्धान्त आएन । अघिल्लो वर्षमा भन्दा अहिलेको १० महिनामा पूँजीगत खर्च कम भाछ । दुईतिहाइले अल्मल्यायो कि अगाडि बढायो ? त्यति मात्रै सोध्न चाहन्छु ।’
उनले यो वर्ष सरकारले पूँजीगत खर्चमा पनि बृद्धि गर्न नसकेको भन्दै सरकारले गति लिने विश्वास नभएको प्रष्ट्याए । ‘अघिल्लो वर्ष १२८ अर्ब पुँजीगत खर्च भएको थियो । यो पालि ११९ अर्ब । अब ३१४ अर्ब गर्ने भनियो । अहिलको संशोधिन अनुमान पनि २६५ अर्ब छ । २६५ अर्ब खर्च गर्नको लागि ६० दिनमा १४६ अर्ब खर्च गर्नुपर्छ । कुन गतिले गर्ने हो विश्वास गर्ने आधार छैन ।’
उनले बजेट खर्च गर्न नसकेको बेला सरकारले आन्तरिक ऋण उठाउने कुरा किन ल्याएको भनि प्रश्न गरेका छन् । रिजालले भने, ‘आन्तरिक ऋण उठाउने कुरा आएको छ । के प्रयोजनका लागि हो बुझ्न सकेको छैन् । अर्थमन्त्री ज्यूले स्पष्ट बनाउनुपर्छ, आन्तरिक ऋण के–का लागि हो ?’
सरकारले प्रदेशहरुले गरेको खर्चको सम्बन्धमा संसदलाई सामान्य जानकारीसमेत गराउन नसकेको रिजालले बताएका छन् । संघीयतामा जाँदा खर्च हुन्छ भनिएपनि त्यस्तो अवस्था नरहेको उनको भनाई छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: