Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

जनार्दन शर्मा भन्छन्, राजनीतिक र प्रशासनिक भाइरसहरुको उपचार नगरी अगाडि बढिन्न

काठमाडौं । सत्तारुढ नेकपाका नेता जनार्दश शर्माले राजनीतिक र प्रशासनिक भाइरसहरुको उपचार नगरी अगाडि बढ्न नसकिने बताएका छन् । सबै क्षेत्रमा फोहोरको थुप्रो बनेर रहेको भाइरसहरुलाई उपचार गर्ने कार्यक्रम ल्याउनु आवश्यक रहेको शर्माको भनाई छ ।

सोमबार प्रि–बजेटमाथिको छलफलमा भाग लिंदै नेकपा सांसदसमेत रहेका शर्माले भने, ‘पार्टी, दल र जताततै फोहोरको थुप्रो बनेर बसेको राजनीतिक, प्रशासनिक भाइरसहरुलाई उपचार गर्नु आजको मुख्य कुरा हो । त्यसबाट मात्रै हामीले शुसासन स्थापना गर्न सक्छौं । अगाडि बढ्न सक्छौं ।’ पुरानो सोंच र संरचनाले पनि राज्य कमजोर भएको शर्माको भनाई छ । उनले भने, ‘राजनीतिक प्रणाली नयाँ छ, संरचना र सोंच पुरानो हुनाले राज्य कमजोर भएको छ । पुराना संरचना छन्, सोंच पुरानो छ । त्यसकारणले आज समस्या आइपरेको हो ।’

विगतका अपरादर्शी प्रवृत्ति, जनताप्रतिको अनुत्तरदायी कार्यशैली, राज्यसत्तालाई आमजनताको स्वार्थमा नभई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्ने मनोवृत्ति राज्यसंरचनामा व्याप्त रहेको शर्माले बताए । शर्माले राणाशासनको अन्त्यपछि बनेको सरकार र ०४६ पछिको सरकार किन असफल भयो भनि समिक्षा गर्नेपर्ने बताएका छन् ।

सुशासन बिना समृद्धि सम्भव नरहेकाे भन्दै शर्माले भने, ‘ सुशासन र पारदर्शितामा सम्पूर्ण तागत लगाउनुपर्छ । अन्यथा अदालतमा पहिलो हप्ता कर तिर्ने निर्णय, अर्को हप्ता कर नतिर्ने निर्णय गर्दै समय बित्छ । तिन कक्षाका विद्यार्थीलाई अलजेब्राको पुस्तक पढ्न दिंदा नबुझेर टोलाए झैं आफ्ना मिसिल हेरेर अख्तियार टोलाईरहन्छ । शान्ति स्थिरताको क्षेत्रमा नेत्रहिनहरुले हात्ती छामेजस्तै प्रहरीले निष्कर्ष निकाल्छ । प्रयोजना प्रमुखले म्याद थप्दै भेरियसनको फाइल उठाउँदै आफ्नो कर्तव्य पुरा गरेको ठान्छ । आम कर्मचारीलाई समायोजनमा हाल्दा काठमाडौं हुमसिक भनेजस्तै भ्याली सिक भएर रन्थ्नाई रहेका छन् । कोही इमान्दार हाँसको बथानमा बकुल्ला जस्तै अल्मल्याई रहेका छन् । यी सबैको पक्षमा जनतालाई आह्वान गरेर जनतालाई परिचालन गरेर, जनताको साथले मात्र प्रधानमन्त्रीले लिएको प्रतिबद्धता पुरा हुन्छ ।’

कृषिलाई प्रतिस्पर्धी नगराई देशले प्रगति गर्न नसक्ने शर्माको भनाई छ । कृषकलाई विचौलियाबाट बचाउने कुरामा सरकारले ठोस कार्यक्रम ल्याउन जरुरत रहेको उनले बताए । कृषिलाई उद्योगसँग एकाकार गरेर मात्रै समृद्धितर्फ जान सक्ने शर्माकाे भनाई छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy