श्रीलङ्कामा मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि देशभरि नै रात्रिकालीन निषेधाज्ञा जारी गरियो। हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो। प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो।
मङ्गलवार विभिन्न सहरमा दङ्गा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको तथा हावामा गोली हानेको थियो।
इस्टर पर्वको दिन इस्लामिक लडाकुहरूले गिर्जाघर तथा होटलहरूमा आत्मघाती आक्रमण गरेर २५० जनाभन्दा बढीलाई मारिदिएपछि श्रीलङ्कामा साम्प्रदायिक तनाव चुलिएको छ।
अहिलेको अस्थिरताले गत महिना भएको उक्त घटनाको अनुसन्धानलाई प्रभाव पारेको भन्दै प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सबैलाई शान्त रहन आग्रह गरेका छन्। स्थानीय समयानुसार मङ्गलवार राति ९:०० बजेदेखि सात घण्टाका लागि कर्फ्यू लगाइएको हो।
इस्टरमा भएको घटनापछि सम्भावित प्रत्याक्रमण हुन नदिन सुरक्षाकर्मीहरू सफल भएको सरकारी पक्षको दाबी छ।
कहाँ के भयो ?
हिंसाका क्रममा पश्चिमोत्तर नगर किनियामास्थित एउटा मस्जिदका झ्याल तथा ढोकामा तोडफोड भएको थियो। आक्रमणकारीहरूले मस्जिदमा भएका इस्लामिक धर्मग्रन्थ कुरानका पुस्तकहरू फालिदिएका थिए।
समाचारसंस्था रोएटर्सका अनुसार सेनाले नजिकै रहेको एउटा पोखरीमा हतियार रहेको आशङ्कामा खोजी गरेपछि एउटा समूहले मस्जिदमा पनि खोजी गर्न माग राख्दै अरूलाई उत्तेजित पारेका थिए।
इसाईहरूको बाहुल्य रहेको चिल नगरमा फेसबुकमा विवाद सुरु भएपछि र मस्जिद तथा मुस्लिम समुदायका मानिसले सञ्चालन गरेका पसलहरूलाई तारो बनाइएको प्रहरीले जनाएको छ।
हिंसा फैलाउनेगरी फेसबुकमा विवादास्पद कुरा लेख्ने एक मुस्लिम व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
पुट्टलम जिल्लामा एउटा भिडले आक्रमण गरी धारिलो हतियार प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूले हिंसा नियन्त्रण गर्न उद्देश्यले फेसबुक र ह्वाट्सएपजस्ता सामाजिक सञ्जाललाई बन्द गराएका छन्।
ट्विटरमा एउटा सन्देश लेख्दै प्रधानमन्त्री विक्रमसिङ्घले मिथ्या सूचनाबाट उत्तेजित नहुन तथा शान्त रहन सर्वसाधारणलाई आह्वान गरेका छन्।
उनले लेखेका छन्, \'आतङ्कवादीलाई समात्न तथा देशको सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थकाइ नमानी काम गरिरहेका छन्।\'
हेट्टिपोला नगरमा पनि केही आक्रमणका घटना भएको बताइएको छ। त्यहाँ केही पसलमा आगो लगाइएको थियो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: