Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

टेलिभिजनसँगको अन्तर्वार्ताबाट अध्यक्ष नै विवादमा आएपछि पार्टीले सार्वजनिक गर्यो यस्तो धारणा

काठमाडौं । पार्टीकै अध्यक्ष उपेन्द्र यादव एभिन्युज टेलिभिजनसँगको अन्तवार्ताबाट विवादमा तानिएपछि समाजवादी पार्टीले अन्तर्वार्ता बारे धारणा सार्वजनिक गरेको छ । समाजवादी पार्टीले अध्यक्षको मानमर्दन गर्नेगरि पत्रकारले प्रश्न गरेको विज्ञप्ती मार्फत जनाएको छ । समाजवादी पार्टीको तर्फबाट सोमबार साँझ सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा पत्रकारले पत्रकारको आचार संहिताविपरित मानमर्दन गर्ने गरि प्रश्न सोधेको बताएको हो ।

पार्टीका केन्द्रीय कार्यालयका उपमहासचिव प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यादवप्रति पत्रकारले अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको बताइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘‘पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एंव बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि भएको यस्तो दुव्यर्वहारको हामी घोर निन्दा एंव भत्र्सना गर्दछौं । यस घटनाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

समाजवादी पार्टीले कार्यकर्ताहरुलाई उत्तेजित नहुनसमेत विज्ञप्ती मार्फत निर्देशन गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आइतबार राति एभिन्युज टेलिभिजनको कार्यालयमा भएको दुस्खद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एंव आम कार्यकर्तालाई निर्देश गर्दछौं ।’

\"\"

यता अन्तर्वार्ता विवादसँगै एभिन्यूज टेलिभिजनको विरगञ्ज कार्यालयमा तोडफोड भएको छ । मुखमा माक्स लगाएका युवाहरुको समुहले सोमबार दिउसो टेलिभिजनको कार्यालयमा तोडफोड गरेको हो ।

आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा उपप्रधानमन्त्री यादव र अन्तर्वार्ता प्रस्तोताबीच सामान्य भनाभन भएपछि यादव बीचमै माइक निकालेर कार्यक्रमबाट बाहिर निस्किएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy