काठमाडौं । सत्तारुढ नेकपाका नेता अग्नि सापकोटाले भित्रैदेखि सर्जरी नगरी भ्रष्टचार नियन्त्रण नहुने बताएका छन् । मंगलबार संसदमा प्रि–बजेटमाथिको छलफलमा बोल्दै उनले देशको समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टचार नियन्त्रण गर्न भित्रैदेखि सर्जरी गर्नुपर्ने बताएका हुन् ।
राज्य संयन्त्रमा सामान्य सुधारले मात्रै भ्रष्टचार नियन्त्रण नहुने सापकोटा भनाई छ । उनले भने, ‘समृद्धिको बाधक भनेको भ्रष्टचार हो । भ्रष्टचारको सम्बन्धमा निकै गम्भिरतापूर्वक कुरा गरिरहेका छौं तर झन् झन् सबैतिर व्याप्त भइरहेको छ । शुसासन कायम गर्न र भ्रष्टचार नियन्त्रण गर्नको लागि हामीले राज्य संयन्त्रमा सामान्य सुधार गरेर हुँदैन् । हामी यसलाई सर्जरी गर्नै तयार हुनुपर्छ ।’
भ्रष्टचार बढिरहेको र अराजकता भईरहेको अवस्थामा गम्भिरतापूर्वक नलागी देशले समृद्धिको बाटो समात्न नसक्ने सापकोटाको भनाई छ । पुँजी संकलन भएको तर पुँजी परिचालन र खर्चको चुनौति रहेको सापकोटाको भनाई छ । पूँजी खर्च हुन नसक्नुका कारणहरु पहिचान गरेर नीतिगत सुधार र कानूनी वाधा अड्चन फुकाउने तर्फ गम्भिरतापूर्वक सरकारको ध्यान जानुपर्ने सापकोटाले औल्याएका छन् ।
फरक प्रसंगमा बोल्दै सापकोटाले चीनसँग भएको यातायात तथा पारवहन सम्झौताले नेपालको समृद्धिको लागि बहुआयामिक ढोका खोलेको तर राज्य गम्भिरता नदेखिएको बताए । उनले सरकारलाई सम्झौता कार्यान्वयनका लागि गम्भिरतापूर्वक लाग्न सरकारलाई सुझाएका छन् । राजनीतिक, कुटनीतिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिएका उत्तरी नाकाहरुलाई व्यवस्थित सरकारले विशेष सोंच्नुपर्ने सापकोटाले बताए । एकिकृत विकास गर्नको संरचनागत कुराहरु विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: