काठमाडौँ। शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार वर्षात्को समयमा काठमाडौँ उपत्यकामा बढी फोहर थुप्रने गर्दछ त्यसैले सबै फोहर विसर्जन गर्न नसके पनि असारबाट केही फोहर राख्न सकिने गरी निर्माणको काम भइरहेको छ । उनले भने, \'पूर्णरूपमा काम सम्पन्न हुन तीन वर्ष लाग्छ, फोहर राख्ने स्थानको अभाव हुँदा ड्याम निर्माण गर्दै गर्ने र थोरै भए पनि फोहर पनि राख्ने काम गर्ने योजनामा मन्त्रालय रहेको छ ।\' औपचारिकरूपमा निर्माण गत १२ गतेबाट शुरु गरिएको हो । एक महीनाको बोलपत्र आह्वान गर्दा निर्माणको जिम्मा लुम्बिनी कोशी न्यौपाने जेभीले पाएको छ ।
अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम पनि गरिरहेको छ ।
निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलाई निर्माणको जिम्मा दिनुअघि उक्त स्थल निर्माणको काम स्थानीय तहले गर्ने कि केन्द्र सरकारले भन्ने विषय अन्योल थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
यता कामपाले वर्षात्को समयका लागि सिसडोलकै आसपासमा अल्पकालीन फोहर विसर्जनस्थल तोकेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार वर्षा लागेसँगै फोहरको अनुपातमा वृद्धि हुने भएको र सिसडोलमा फोहर राख्न मिल्ने अवस्था नरहेकाले अन्यत्र स्थानको तय गर्नुपरेको हो ।
श्रेष्ठका अनुसार वर्षात्को समयका लागि हाल फोहर विसर्जन गर्ने स्थानभन्दा केही तल भिलेज वान र भिलेज टु मा तय गरिएको छ । तेह्र वर्ष अघि दुई वर्षका लागि भनेर काठमाडौँ उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको स्थान धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्दछ ।
दीर्घकालीन फोहर विसर्जनस्थल निर्माणको कामले गति लिएसँगै काठमाडौँ उपत्यकामा वर्षा लागेसँगै हुने फोहर थुप्रने समस्याबाट उपत्यकावासी मुक्त हुने कामपाको विश्वास छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: