Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

जेठ ३ मा मात्रै सम्झिने दासढुंगा

कृष्ण आचार्य, भरतपुर । आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस। विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो।

यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो। यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो। तर न दुर्घटनाको रहस्य पत्ता लाग्यो न दुर्घटनास्थल दासढुंगा र शव प्राप्त भएको गाँजीपुरको विकास नै हुनसक्यो।

प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुंगामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ। यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ। घटनाका विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा चलिरह्यो। तर, दासढुङ्गामा मदन–आश्रितको शालिक भएको स्थान र शव प्राप्त भएको गाँजीपुरको समेत उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन।

नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन–आश्रितको शालिकमा फूलमाला चढाउने र उहाँका विचार र सिद्धान्तको चर्चा गर्नेबाहेक दासढुंगा र गाँजीपुरमा ठोस काम हुन नसकेको बताए। “मदन भण्डारीको सम्झनाले मात्र सच्चा श्रद्धाञ्जलि हुँदैन”, ज्ञवालीले भने, “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ।” जनतालाई खुसी र सुखी बनाउन सकेमात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने उनले बताए।

नेकपाका नेता तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले ठोस पहलकदमीको अभावले दासढुङ्गा र गाँजीपुरको विकास हुननसकेको बताए। “पच्चीस वर्षमा पुल निर्माणलगायतका काम भएका छन्”, सुवेदीले भने, “तर कसैले नेतृत्व गरेर काम नगरेका कारण प्रगति हुनसकेको छ्रैन ।” उनले पछिल्लो समय मदन भण्डारी फाउन्डेसनले अग्रसरता देखाएर केही कामको सुरुआत गरे पनि त्यसको परिणाम आइनसकेको बताए। दासढुंगा गाँजीपुर राजनीतिक र पर्यटकीय क्षेत्र बन्नुपर्ने उनको धारणा छ।

“दासढंगा विश्वमा चर्चामा आएको नाम हो”, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भने, “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ ।” तर संरक्षण अभावमा दासढुंगा कुरूप बन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। “यो सडक भएर दैनिक हजारौं ओहोरदोहोर गर्छन्”, उनले भने, “दासढुंगा संरक्षण नहुँदा धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् ।” बजेट अभावमा दासढुंगामा व्यवस्थित तारजालीको समेत व्यवस्था गर्न नसकिएको उनले गुनासो गरे।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले यस वर्ष पनि भरतपुरबाट र्योलीसहित दासढुंगामा नियमित श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने बताए। उनले नेपालको कम्युनिस्ट राजनीतिलाई बहुदलीय प्रतिस्पर्धामा ढाल्न स्व भण्डारीको महत्वपूर्ण योगदान रहेको बताए।

उनले भने, “भण्डारीको मार्गनिर्देशक सिद्धान्तमा चल्दै आएको तत्कालीन नेकपा एमाले र २१औँ शताब्दीको माओवादको विचारका आधारमा जनयुद्धमा होमिएको तत्कालीन माओवादी केन्द्रको एकताको मुख्य आधार नै दुवै पार्टीको लोकतान्त्रिकरण हो।”

दुर्घटनापछि मदन–आश्रितको शव चितवनकै गाँजीपुरमा जेठ ५ गते भेटिएको थियो। शवलाई त्यसै दिन भरतपुरको प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा राखिएको थियो। चितवनमा हजारौँ कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेपछि शवलाई काठमाडौँ पठाइएको प्रदेशसभा सदस्य सुवेदी सम्झन्छन्। निधन हुनुभन्दा अघि भण्डारीले चितवनका विभिन्न पार्टी बैठक, सभा र कार्यक्रमलाई सम्बोधन गरेको सुवेदीको स्मरणमा पनि ताजै छ।

घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो। लामाको हत्याले घटनालाई अझै रहस्यमय बनायो। दासढुङ्गा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो। समितिले सुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy