Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

दलाई लामाको समाचार लेख्दा नेपाली तीन पत्रकारको जागिर नै धरापमा

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि छानबिन सुरु भएको विषयमा आपत्ति जनाएको छ। अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने। नेपाल सरकारले अर्को मुलुकको सरकारको संवेदनशीलता भन्दै स्वतन्त्र मिडियाको अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेको दूतावासको आरोप छ।

चीन विरोधि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको नेपालका सांसद र सरकारी सञ्चार माध्यमबाट स्वतन्त्र तिब्बतलाई फाइदा पुग्ने गतिविधि भएको भन्दै चिनियाँ दूतावासले चासो देखाएपछि सरकारले यस विषयमा अनुसन्धान थालेको छ।

चीनको चासोपछि सरकारले दलाई लामाबारेमा समाचार लेख्ने राससमा कार्यरत तीनजना पत्रकार मोहनी रिसाल, सोमनाथ लामिछाने र जीवन भण्डारीमाथि छानबिन सुरु गरेको छ। त्यस्तै फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी हुन यूरोप पुगेका सत्तारुढ दलका सांसदका विषयमा पनि अनुसन्धान सुरु भएको छ।

यी दुई विषयमा सरकारले छानबिन थालेपछि नेपालस्थित अमेरिकी दूतावासले सरकारको निर्णयप्रति चासो व्यक्त गरेको हो। चिनियाँ पक्षको दबाबमा सरकारले छानबिन सुरु गरेको भन्दै अमेरिकी दूतावासका प्रवक्ताले चीनलाई लक्षित गर्दै भनेका छन्, ‘जब हामीले नियममा आधारित स्वतन्त्र र खुल्ला व्यवस्थको ओकालत गरिरहेका छौँ भने त्यसको अर्थ छिमेकीलाई दबाब दिनु अथवा सानो मुलुकका नागरिकको आधारभूत स्वतन्त्रतालाई खुम्च्याउन खोज्नु होइन।’

पछिल्लो समय चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको सहभागितापछि त्यसका फाइदा र बेफाइदालाई लिएर चीन र अमेरिका आमने सामने हुँदै आइरहेका छन्।

केही समयअघि दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका लागि अमेरिकाका उपसहायक रक्षामन्त्रीले नेपाल चिनियाँ ऋणको पासोमा पर्नसक्ने अभिव्यक्ति दिएपछि चिनियाँ राजदूतको त्यसलगत्तै कडा ढंगले प्रतिवाद गरेका थिए। अमेरिकी दूतावासका प्रवक्ताको पछिल्लो अभिव्यक्तिले अमेरिका बीआरआईको विरोधसँगै फ्रि तिब्बतसम्बन्धी गतिविधिका पक्षमा खुलेर प्रस्तुत हुने संकेत गरेको समाचार नागरिक दैनिकले छापेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy