चितवन । कुखुराको दानाको मूल्य घटेको छ । दाना उद्योगीको काठमाडौँमा सम्पन्न भेलाले प्रतिकेजी २ रुपैयाँ ५० पैसाका दरले मूल्य घटाउने निर्णय गरेको हो ।
दाना उत्पादनमा प्रयोग हुने मकैको मूल्य घटेकाले दानाको मूल्य घटाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतका कच्चा पदार्थ आवश्यक हुन्छ । करीब ८० देखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ । “भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भने, “सय प्रतिशत भटमास र पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।”
नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । “दानाको मूल्य घटेपछि किसानलाई धेरै राहत भएको छ”, पुरीले भने, “अझै मूल्य घट्नुपर्ने हो, तर त्यस अनुपातमा मकैको मूल्य घट्न सकेन ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ । उनले मकैको मूल्य केही घटे पनि भटमास, पिना र ढुटोको मूल्य झ्न महङ्गो भएको बताए ।
भरतपुरका पोल्ट्री किसान धर्मबहादुर कार्कीले दानाको मूल्य घटेपछि केही राहत मिलेको बताए। उनले भने, “लागतअनुसार अझै अण्डाको मूल्य पाइएको छैन”, यस्तै अवस्था रहिरहे धेरै किसान विस्थापति हुने अवस्था छ ।” उनले राज्यले किसानलाई प्रोत्साहन गर्ने खालको योजना ल्याउन नसकेको धारणा राखे । उनले किसानलाई ऋण सहुलियत दिने व्यवस्था गर्नुपर्ने माग गरे ।
ब्रोइलर कुखुराको दाना ९बीपीएच० किसान मूल्य प्रतिकिलो ६२ रुपैँया ५० पैसाबाट घटेर रु ६० पुगेको छ । यस्तै बिवान दाना ६१ रुपैयाँ ५० पैसाबाट घटेर रु ५९ पुगेको छ भने बिटु दाना रु ६० बाट घटेर ५७ रुपैयाँ ५० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ५२ रुपैयाँ ५० पैसाबाट घटेर रु ५० पुगेको छ ।
मकैको मूल्य रु ४५ बाट घटेर रु ३५ मा झरेको हो । यसले प्रतिबोरा दानाको मूल्य रु १२५ घटेको छ । नेपालमा मकैको उत्पादन वर्षेनी घट्दै गएको छ भने भारतमा निर्भर हुनुपर्ने बाध्यता छ । ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो पाइन्छ ।
गत वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको भन्दै उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले भने, “यसले पोल्ट्री क्षेत्रमा उतारचढाव भयो ।” दाना उद्योगमा सधैंँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईले बताए। “भारतमा गत वर्ष मकैको मूल्य अकाशियो”, उनले भने, “विभिन्न देशमा निर्यात गर्ने भारतले आफैँ मकै आयात गर्नुपर्ने अवस्था आयो ।”
सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताए । अहिले कच्चा पदार्थको ५ प्रतिशतसम्म कर लाग्ने गरेको उनले बताए । सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उद्योगी व्यवसायीले बताएका छन् ।
नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गत वर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी १०५ कुखुराको दाना उद्योग छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: