धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको ३१ लाख दुई हजार २८४ कित्ता शेयर रु ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरीद–बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अङ्कले घटेको छ । यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बीमा २८.०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले वृद्धि भएको छ ।
स्टकका अनुसार नेपाल बैंकको रु आठ करोड ६६ लाख २८ हजार ६२१, शिवम् सिमेन्ट रु छ करोड ८८ लाख ३४ हजार ३२४, बुटवल पावर कम्पनी रु पाँच करोड ९६ लाख ४८ हजार २९०, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु चार करोड ९६ लाख ९७ हजार ५२५, सानिमा माई हाइड्रो पावर रु चार करोड २५ लाख ९० हजार ५५४, प्राइम बैंक रु दुई करोड ४७ लाख १० हजार ४४१ को कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, रिलायन्स फाइनान्स ९.७०, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३ प्रतिशतले कमाए । त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७.०५, सिन्धु विकास बैंक ५.२२, घलेम्दी हाइड्रो पावर ४.९१, हिमालयन डिस्टिलरी ४.५५, मिथिला लघुवित्त वित्तीय संस्था ४.४३, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.६८ गुमाएका छन् । स्टकमा आज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कूल ९९ लाख साधारण शेयर सूचीकृत भएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: