एजेन्सी , नई दिल्ली । लोकसभा चुनाव २०१९ को मतपरिणाम आईरहेको छ । पछिल्लो मतपरिणाम अनुसार भाजपा ३०० भन्दा बढि सिटसहित फेरि सत्तामा जाने सम्भावना देखिएको छ । दिउसो ४ : ३० सम्मको मतपरिणाम अनुसार, भाजपा देशभरबाट ३४२ भन्दा बढि सिटमा अग्रता लिइरहेको छ । कांग्रेसले अहिलेसम्मकाे मतगणना हेर्दा ९३ सिटमा अग्रता लिएकाे देखिन्छ ।
अहिलेसम्मको परिणामले यसअघिको आफ्नो रेकर्ड तोड्दै भारतीय जनता पार्टी (भाजपा) दोस्रो पटक सत्तामा जाने देखिएको छ । आज बिहानदेखि सुरु मतगणना अनुसार ५४२ सिट मध्ये ३०० भन्दा बढि ल्याएर भाजपा एकलै बहुमतसहित सरकार बनाउने निश्चित देखिएको छ ।
चुनावी परिणामलाई हेर्दा अन्य दलहरुले केहि स्थानमा भने अपेक्षित खालको नतिजा ल्याएका छन् । कांग्रेसले आंध्र प्रदेशमा केहि राम्रो प्रदर्शन गरेको छ । यसअघिको चुनावी परिणामभन्दा आंध्रमा कांग्रेस बलियो देखिएको छ । तमिलनाडुमा द्रमुक ३५ सिटसहित अगाडि छ । त्यही ममता बनर्जीको पार्टी तृणमूल कांग्रेस पश्चिम बंगालबाट २५ सिटसहित अगाडि छ । उत्तर प्रदेशमा मायावतीको पार्टी बसपा १२ सिटसहित अगाडि छ ।
महाराष्ट्रमा भाजपा शिवसेनाको गठबन्धनले ४८ सिट मध्ये ४२ सिटमा अग्रता जमाएको छ । जबकि बिहारमा ३७ सिटसहित राजग अगाडि छ ।
केहि चर्चित नेताहरुको नतिजा भने केहि आश्चर्यमा पार्ने खालको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीबाट भाजपा उम्मेदवार नेता स्मृति ईरानीभन्दा करिब १५ हजार भोटले पछाडि छन् । यता वाराणसी लोकसभा सिटमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिद्धन्द्धी सपा नेता शालिनी यादवभन्दा निकै अगाडि अर्थात ४ लाखभन्दा बढि मतको अन्तरमा छन् ।
चुनाव आयोगले दिएको तथ्यांक अनुसार वाराणसी सीटमा मोदीले अहिले अहिलेसम्म ५ लाख ८३ हजार मत पाएका छन् । त्यहाँ सपा–बसपा गठबन्धनका प्रत्याशी शालिनी यादवको १ लाख ७३ हजार भोट छ । लखनउबाट केन्द्रिय मन्त्री राजनाथ सिंह आफ्ना निकटतम प्रतिद्धन्दी तथा अभिनेता शत्रुघ्न सिन्हाकी पत्नी पूनम सिन्हाभन्दा धेरै अगाडि छन् ।
भारतले फेरि एकपटक जित्यो : नरेन्द्र मोदी
प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावबाट प्राप्त प्रचण्ड जीतलाई भारतको अर्को जित भएको बताएका छन् । उनले ट्वीट मार्फत भनेका छन्, ‘सबैको साथ+सबैको विकास +सबैको विश्वास : विजयी भारत ।’
सबका साथ + सबका विकास + सबका विश्वास = विजयी भारत
Together we grow.
Together we prosper.
Together we will build a strong and inclusive India.
India wins yet again! #VijayiBharat— Chowkidar Narendra Modi (@narendramodi) May 23, 2019
उनले अगाडि भने, ‘हामी सँगै बढ्दै जानेछौं, समृद्धिको साथ सँगसँगै हामी एक बलियो र समावेशी भारत निर्माण गर्नेछौं ।’ मोदीले भने, ‘भारतले फेरि एकपटक जित्यो ।’
प्रतिकृया लेख्नुहोस्: