शर्मालाई भने नेकपाले पार्टी निकट पत्रिका रातोखबरको जिम्मेवारीमा ल्याएको छ। संगठनमा प्रभावाकारी नेतृत्व गर्नुभन्दा झन् कमजोर देखिनु, नेतृत्वको रक्षा गर्न नसक्नु र शर्मा स्वयंको कार्यकौशल पनि भूगोलको जिम्मेवारी भन्दा विभागीय जिम्मेवारीमा देखिएकाले उनलाई पूर्वी कमाण्डको जिम्माबाट हटाइएको एक नेताले बताए।
शर्मा चितवन निवासी हुन्। प्रतिवन्धित नेकपाको हाइकमाण्डको हालै बसेको बैठकले शर्मालाई कमाण्ड जिम्मेवारीबाट हटाएर प्रकाशनको जिम्मा दिएको हो। यस अगाडी पार्टी मुखपत्र रातो खबरको प्रकाशनको जिम्मामा रहेका नेता गुणराज लोहनीलाई भने तत्काल कुनै जिम्मेवारी दिइएको छैन। लोहनी बिरामी भएका कारण जिम्मेवारी नदिइएको बताइएको छ।
पूर्वमा मोरङ, सुनसरी, इलाम लगायत जिल्ला इञ्चार्ज प्रक्राउ परेका छन् भने कोशी ब्यूरोका संयोजकको पनि गिरफ्तारी भएको छ। शर्माले पूर्वी कमाण्ड सम्हाल्दा त्यस क्षेत्रको पार्टी ब्यूरोमा गुटबन्दी समेत देखिन थालेको र त्यही कारण पनि नेतृत्व हेरफेर गर्नुपरेको पनि स्रोतको जिकिर छ।
त्यस्तै बैठकले धर्मेन्द्र बास्तोलालाई पश्चिम कमाण्डकै जिम्मामा निरन्तरता दिएको । यसअघि मध्यकमाण्डको जिम्मेवारी सम्हालिरहेका नेता हेमन्तप्रकाश ओली पक्राउपछि पूर्पक्षका लागि जेल चलान भएपछि उनको ठाउँमा केन्द्रीय कार्यालयले नै हेर्ने गरी नीति विप्लव नेकपाले लिएको छ। कार्यालयको तर्फबाट खड्गबहादुर बिक ‘प्रकाण्ड’ले हेर्नेछन्।
प्रतिवन्धित नेकपाका पोलिटब्यूरो सदस्य थिए पदम राई। तर, उनलाई अहिले विप्लवको पार्टीले साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरेको छ। उनी काठमाडैंबाट गत महिना पक्राउ परेका थिए। तर, यो खबर उनले पार्टीभित्र गुपचुप राखे। पक्राउ लगत्तै गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा उनलाई तत्कालै रिहा गरियो। त्यसबखत राईले गृहमन्त्री थापासँग सम्झौता गरेको खुलेको छ।
विप्लव र सरकार दुवैलाई यथाअवस्थाबाट समस्याको समाधान ननिस्कने, युद्दमै गए पनि विप्लवको पार्टीले जित्न नसक्ने, सरकारमा रहेका र प्रतिवन्धित दुवै कम्युनिष्ट पार्टी नै भएको र कम्युनिष्ट कम्युनिष्ट भिड्दा जनताका बीचमा नराम्रो सन्देश जाने भएकोले दुवै पक्षलाई वार्तामा बसी समाधान खोज्न राईले सञ्चार माध्यमहरुमा टिप्पणी गरेका थिए।
त्यसैगरि केही साताअघि पक्राउ परेर छुटेका विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकालको पक्राउ र रिहाइको विषयलाई लिएर नेकपाभित्र विवाद सुरु भएको छ। उनी कसरी पक्राउ परे र कसरी रिहा भए भन्नेबारे पार्टीभित्र अनुसन्धान भइरहेको स्रोतले बतायो।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: