पर्वत । पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ । समिति भन्छ, \'थाइराइड परीक्षण, रगतको जाँच चौबीसैँ घण्टा इमर्जेन्सी सेवा विस्तार गरेका छौँ ।\'
१५ श्यया क्षमताको अस्पतालमा यस्ता सेवा शुरु हुनुलाई असाधारण सेवा प्रदान गरिएको समितिको भनाइ हो तर, यी सेवा अस्पताल आउने बिरामीका लागि सहज छैन । २०४६ सालमा १५ श्यया क्षमताको स्वीकृति पाएर सञ्चालनमा आएको अस्पतालमा हाल ३५ श्ययासम्मको सुविधा दिइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।
श्ययाको क्षमता बढाएपछि सोहीअनुरुप बिरामीको चाप बढे पनि जनशक्ति नबढ्दा सेवा सहज नभएको उनले बताए । \'एउटा सेवा दिन कम्तीमा एकै प्रकारका तीन जना जनशक्ति आवश्यक हुन्छ\', उनले भने, \'हामीले हरेक सेवा एक–एक जनाको भरमा चलाइरहेका छौँ । सेवा शुरु गरियो भनेर प्रचार गरे पनि आंशिक मात्रै छ ।\'
अस्पतालका अनुसार इमर्जेन्सी सेवा पनि सहज छैन । \'इमर्जेन्सीमा मात्रै हामीलाई कम्तीमा १० जना प्यारामेडिक्स कर्मचारी आवश्यक छ\', अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोषी थपलियाले भनिन्, \'अहिले एक जनाले मात्रै काम चलाइएको छ । अरु कर्मचारी मागे पनि पाइएको छैन ।\' बहिरङ्ग, ल्याब, एक्सरेलगायत सबैतिर उस्तै समस्या भएको उनले बताइन् ।
ल्याब, एक्सरे, एम्बुलेन्स, इमर्जेन्सीलगायतका सबैतिर समस्या देखिएको अस्पतालले जनाएको छ । थपलियाका अनुसार बिरामीले चौबीसैँ घण्टा सहज सेवा पाउने गरी सञ्चालन गर्न एउटा सेवाका लागि कम्तीमा चार कर्मचारी आवश्यक पर्छ । शल्यक्रिया सेवा सञ्चालन गर्न विशेषज्ञ डाक्टरका साथमा एक जना एनेस्थेसिया (बेहोस बनाउने) आवश्यक हुन्छ तर, एनेस्थेसियाको अभावमा करीब एक वर्षसम्म एक्सरे सेवा अवरुद्ध भएको थियो । एनेस्थेसिया कर्मचारीको नियुक्ति भएको केही समयमै शल्यक्रियाका दक्ष डाक्टरको सरुवा भएपछि केही समय शल्यक्रिया रोकिएको थियो ।
अस्पतालमै सञ्चालित सस्तो औषधि वितरण हुँदै आएको फार्मेसी केही महीनादेखि बन्द छ । बिरामीलाई बाहिरी क्लिनिकको तुलनामा बढीमा १० प्रतिशतसम्म छुटमा औषधि बिक्री हुँदै आएको अस्पताल फार्मेसी व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबीचको विवादले बन्द भएको हो । अस्पतालले भने त्यसलाई प्राविधिक समस्या बताएको छ ।
इमर्जेन्सी सिकारु र प्रयोगात्मक अभ्यास गर्ने विद्यार्थीका भरमा चलेको छ । अस्पताल आउने बिरामी सिकारुका कारण रोग निको हुनुको सट्टा झनै बिरामी भएर फर्किनुपर्ने अवस्था रहेको सेवाग्राहीले गुनासो गरेका छन । \'सबै जिम्मा सिकारुलाई छोड्नु अस्पतालको लापर्वाही हो\', पत्रकार गणेश पौडेलले भने, \'उनीहरूसँग बिरामीलाई सुई कहाँ लगाउने, रगत कसरी निकाल्ने भन्ने कुराको समेत ज्ञान छैन ।\'
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: