साेलुखुम्बु । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन् ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, \'वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।\'
नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाल लगायतको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे ।सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उनले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक छ भने ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक छ भने ।
उनले भने, “सगरमाथा हाम्रो शान गौरव र परिचयका रुपमा रहेको छ ।” मुख्यमन्त्री राईले खुम्बु पासाङ गाउँपालिकालाई यस प्रदेशको पर्यटकीय गाउँका रुपमा घोषणा गरी रु ५० लाख उपलब्ध गराइने घोषणा गरे ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद योगेश भट्टराईले सगरमाथा खुम्बु क्षेत्रले मानव सभ्यतालाई अघि बढाउन योगदान पुर्याउँदै आएको बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखी सगरमाथा सफाइ अभियान सफल बनाउन जुटेको उल्लेख गरे ।
प्रदेशसभा सदस्यद्वय शुरवीर राई र बुद्धिराज भण्डारी, खुम्बु पासाङल्हामु गाउँपालिकाका निमा दोर्जी लगायतले खुम्बु क्षेत्रको संरक्षण विश्वकै लागि महत्वपूर्ण भएकामा जोड दिएका थिए ।
अभियानका क्रममा सो क्षेत्रबाट चार हजार किलोग्राम फोहर र चार जनाको शवसमेत सङ्कलन गरी काठमाडौँ पुर्याइएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: