Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

भरतपुर, १३ जेठ । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा साेमबार साँझ भरतपुरमा दीप प्रज्वलन गरिएको छ । प्रेस संगठन चितवनद्वारा भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले महान शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दीप प्रज्वलन गरेर स्मरण गरे ।

१७ औं स्मृति दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा दीप प्रज्वलन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश सदस्य तथा प्रदेश नम्बर तीनका सांसद घनश्याम दाहाल (अविनाश) ले स्वर्गीय सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत महत्वपूर्ण योगदान दिएर गएको भन्दै उनले देखाएका आदर्शलाई अनुशरण गर्दा मात्र सेनको सच्चा स्मरण हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार (इन्द्रजित) ले स्वर्गीय सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपाली समाजलाई छोडेर गएको योगदान अनुकरणीय रहेको बताउँदै शहिद सेनप्रति श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा प्रेस संगठन नेपालका सदस्य सुरेशचन्द्र अधिकारी, शालिकराम नेपाल, शिशिर सिंखडा, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सिर्जना अर्याल, नेपाल पत्रकार महासंघका प्रदेश कमिटिका सदस्यहरु प्रविण बराल, रामकान्त पौडेल, कोमलचन्द्र भगत, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, शान्ता अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

पत्रकार तथा कवि कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर पासविक हत्या तत्कालिन सरकारले गरेको थियो । कार्यक्रम प्रेस संगठन चितवनका नेता प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियाेे।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending