रुकुम । सिस्ने गाउँपालिका–५ रुकुमकोटका द्वन्द्वपीडित धरमबहादुर शाहलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले रु १५ हजार रकम सहयोग गरेको हो ।
सशस्त्र द्वन्द्वको समयमा सेनाले नियन्त्रणमा लिई १५ महीना हिरासत र जेल बसेका ६३ वर्षीय शाहलाई कानूनी प्रक्रियामा सहयोग पुर्याउने उद्देश्य सो रकम सहयोग गरिएको इन्सेकले जनाएको छ ।
शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि शाहले कतैबाट पनि राहत तथा क्षतिपूर्ति नपाएपछि त्यसको प्रक्रिया अगाडि बढाउन पहल गर्दै आवश्यक खर्च गर्न १५ हजार रकम उपलब्ध गराएको इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले बताए ।
सो सहयोग रकम रुकुमका प्रजिअ मित्रलाल शर्मा र केसीले संयुक्त रुपमा शाहलाई हस्तान्तरण गरेका हुन् । शाहले भने, ‘सहयोगका लागि पहिले पनि पहल नगरेको त होइन, तर पनि कतैबाट सहयोग पाउन सकेको थिएन ।\' ढिलै भए पनि इन्सेकमार्फत सहयोग पाउँदा मनमा केही आशा पलाएको उनको भनाइ छ ।
सरकारका तर्फबाट राहत पाउन छुटेका शाहका लागि के गर्न सकिन्छ भन्ने बारेमा माथिल्लो तहमा बुझ्ने र आफूले गर्नुपर्ने सबै सहयोग गर्ने प्रजिअ शर्माले बताए । शाहले राहत नपाएको कुरा जानकारीमा आएपछि इन्सेकले त्यसका लागि पहल गरेको इन्सेक जिल्ला प्रतिनिधि केसीले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: