Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

जापानमा स्कुल बस कुरिरहेका बच्चाहरुमाथि चक्कु प्रहार, दुईको मृत्यु, १६ घाईते

जापान । जापानको कावासाकी सहरमा स्कुल बस कुरिरहेका विद्यार्थीमाथि चक्कु आक्रमण भएको छ। उक्त आक्रमणमा परी दुई बालकको मृत्यु भएको बिबिसीले जनाएको छ। उक्त आक्रमणबाट १६ जना बच्चाहरु घाइते भएका छन्। आक्रमणमा एक महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणकारीले पक्राउ पर्नुअघि आफ्नो गर्दनमा पनि चक्कुले आक्रमण गरेको आशंका प्रहरीले गरेको छ। प्रहरीका अनुसार उसको पनि मृत्यु भएको छ। घटनास्थलबाट दुई थान चक्कु फेला परेको छ। आक्रमण किन र कसले गरायो त्यसको पुष्टि हुन नसकेको समाचार एजेन्सी एएफपीले जनाएको छ। कावासाकी अग्नि नियन्त्रक विभागका कर्मचारीका अनुसार उक्त घटना बिहान ७ः४४ बजे भएको थियो।

उक्त क्षेत्रका प्रत्यक्षदर्शीका अनुसार बस पार्कमा एक व्यक्ति रगतले लतपतिएर घुमिरहेका थिए। ‘म यो क्षेत्रमा हुदाँ रगत लतपतिएको व्यक्ति र बच्चाहरु सडकमा भागदौड गर्दै थिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘यो सधैं शान्त हुने क्षेत्रमा यस्तो दृश्य देख्नु आश्चर्यजनक थियो।’

सरकारी अधिकारीका अनुसार आक्रमणकारीले अचानक बस स्टपमा उभिएका मानिस र बच्चामाथि अन्धाधुन्ध चक्कु आक्रमण गरेका थिए। स्थानीय टेलिभिजनहरुले उक्त क्षेत्रमा आपतकालीन अवस्था अनुसार टेन्ट लगाएर घाइतेहरुको उपचार सुरु गरिएको जनाएका छन्।

जापानमा यस्ता घटना कम हुने गर्दथे। तर २०१६ मा मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा एक पूर्व कर्मचारीले १९ जना मानिसमाथि चक्कुले आक्रमण गरेका थिए। उनले त्यसबेला मानसिक बिरामीको अन्त्य हुनुपर्ने भन्दै आक्रमण गरेका थिए।

२००८ मा एक व्यक्तिले टोकियोमा सडकमा हिँडिरहेका मानिसहरुमाथि ट्रक चढाएका थिए। उक्त हमलामा सात जनाको मृत्यु भएको थियो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending