काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । यहाँ आज आयोजित विशेष समारोहमा सो विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई सो उपाधि प्रदान गरे। नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गरेको योगदानको सम्मानमा विश्वविद्यालयले उहाँलाई ‘राजनीतिशास्त्र’मा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
उपाधि ग्रहणपछि प्रधानमन्त्री ओलीले विश्वविद्यालयले प्रदान गरेको उपाधि नितान्त व्यक्तिगत रुपमा आफूलाई गरिएको सम्मान नभई राजनीतिक परिवर्तनका लागि नेपाली जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षको सम्मान भएको बताए । उपाधिका लागि आफू र नेपाली जनताका तर्फबाट धन्यवाद दिँदै उनले विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी सबैमा शुभकामना व्यक्त गरे। प्रधानमन्त्रीले भने, “जुन विश्वासका साथ विश्वविद्यालयले सम्मान गरेको छ, त्यो विश्वास तलमाथि पर्दैन, अझ अगाडि बढाइने छ ।”
मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने कार्यले दुवै देशलाई एकार्कालाई सम्मान गर्ने परिपाटीको विकास गर्न झक्झक्याएको उनको भनाइ थियो । प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका कुलपति र कामनाङ विश्वविद्यालयको विद्यार्थीको हैसियतले दुवै विश्वविद्यालयको सम्बन्ध विस्तार गर्न आफू लागिपर्ने बताए । नेपाल र गणतन्त्र कोरिया तथा दुई विश्वविद्यालयबीच घनिष्ठ सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले आउँदा दिनमा दुई देश र विश्वविद्यालयबीचको सम्बन्ध थप दरिलो बन्ने बताए ।
दक्षिण कोरियाले गरेको विकासबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै सिक्न सक्ने बताए । सही दृष्टिकोण, नीति, सङ्कल्प र प्रयासलाई अगाडि बढाइयो भने छोटो समयमै विकास गर्न सकिन्छ भन्ने कोरियाको उदाहरणबाट पुष्टि भएको उल्लेख गर्दै उनले भने, “हामी आफैँ विकास गर्न सक्छौँ, विकासका थुप्रै मोडलमध्ये दक्षिण कोरियाको मोडल पनि उपयुक्त छ, दक्षिण कोरियाको विकासबाट धेरै कुरा सिक्दैछौँ ।”
ऐतिहासिक सभ्यताको हिसाबले नेपाल इतिहासमा निकै अगाडि भए पनि पछिल्लो समय विविध कारणले पछि परेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “नेपाल केही समय पछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ, अब नेपाल पछि पर्दैन ।”
‘ओलीको नाम राजनेतामा’
विश्वविद्यालयका अध्यक्ष युनले नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गरेको सङ्घर्ष र योगदानको सम्मानस्वरुप मानार्थ विद्यावारिधि प्रदान गरिएको जानकारी दिए । उनले विश्वविद्यालयले प्रदान गरेको उपाधि सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताए । उनले भने, “प्रधानमन्त्री ओली आजदेखि काङनाम विश्वविद्यालयको पूर्वविद्यार्थी सङ्गठनमा आबद्ध भएका छन् । यो कोरिया र नेपालका लागि गौरवको विषय हो ।”
आफूले १० वर्ष अगाडि प्रधानमन्त्री ओलीलाई भेटेको स्मरण गर्दै अध्यक्ष युनले त्यतिबेला आफूले भेट्दा नेता ओली मुलुकमा राजतन्त्रको अन्त्य गरी मुलुकमा सुशासन, विकास, शान्ति, स्थिरता ल्याउन प्रयाररत रहेका प्रसङ्ग उल्लेख गरे । उनले प्रधानमन्त्री ओलीको नाम असल राजनेताका रुपमा लेखिने विश्वास पनि व्यक्त गरे । उनले विश्वविद्यालयले उपाधि प्रदान गरेसँगै दुई देशबीचको सम्बन्ध तथा काङनाम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ, सबल र समृद्ध हुने विश्वास व्यक्त गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: