एजेन्सी । मह छालाको गहिरो मसाजका लागि उपयुक्त वस्तु हो। महमा भएका तत्वहरू छालामा सजिलै प्रवेश गर्छन् र यिनले छालालाई सन्तुलित र नरम राख्छन्। यसका लागि महको मास्क बनाउने, एक चम्चा मह सफा र सुक्खा छालामा लगाउने र १५ देखि २० मिनेट राखी चिसो पानीले पखाल्ने।
महले छालामा क्लिन्जरको काम गर्छ। थोरै मह छालाको प्वालमा पुग्छ र प्वालको मुखमा रहेको कालो भागलाई नरम बनाउँछ। महले छालामा कीटाणु अक्सिडेन्टविपरीत काम गर्छ। साथै यसले छालाका मसिना प्वालमा रहेका फोहोरलाई सफा गर्छ। छालाको फोहोर सफा गर्न नरिवलको तेल मिसाउने। यो लेपलाई अनुहारमा लगाएर विस्तारै मालिस गर्ने। आँखालाई जोगाएर मालिस गरेपछि चिसो पानीले पखाल्ने।
छालामा स्क्रवको रूपमा प्रयोग
– महलाई स्क्रवको रूपमा प्रयोग गरे छालामा चमक आउँछ। यसका साथै कृत्रिम स्क्रवले छालामा हुनसक्ने राता बिमिरा या एलर्जी हटाउन पनि सकिन्छ। महको स्क्रवले छालाका मृतकोषलाई हटाई नयाँ सेल निस्कन मद्दत गर्छ। यसको प्रयोगले छालामा थप चमक आउँछ।
महलाई स्क्रवको रूपमा प्रयोग गर्न दुई चम्चा महमा एक चम्चा बेकन सोडा मिसाउने। पानीले अनुहार भिजाउने विस्तारै अनुहारमा यो लेपले मालिस गर्ने। मालिस गर्दा रक्तसञ्चार हुने गरी गर्नुपर्छ। मह प्राकृतिक स्क्रवको रूपमा प्रयोग गर्न सकिन्छ नै, यसले कीटाणुविरुद्धको काम पनि गर्छ र छालालाई नरम बनाउँछ कुनै पनि दुखाइमा महको लेप लगाए दुखाइ कम हुन्छ र सुन्निएको भाग पनि छिटो निको हुन्छ।
अनुहार चम्काउन
– एक चम्चा महमा एक चम्चा नरिवल वा ओलिभको तेल मिसाउने। यसरी मिसाएको लेपलाई प्रभावित छालाको भागमा लगाउने र औंलाले दुई मिनेटसम्म विस्तारै मालिस गर्ने। त्यसपछि सफा तथा तातो लुगा अनुहारमाथि राख्ने। यसलाई केही दिन जारी राख्नुपर्छ।
घामले डढेको छालामा उपयोगी
– घामले डढेको छालामा मह एकदमै उपयोगी औषधि मानिन्छ। महले डढेको कोषमा पोषण पु¥याउने काम गर्छ र यसले पुन छालामा कोषहरू बन्न थाल्छन्। यसका लागि एलोभेराको रसमा मह मिसाएर लेप बनाउने र त्यो लेप नियमित प्रयोग गर्नाले विस्तारै डढेको छालाको कोष हट्छ र छाला सुन्दर बन्छ।
डन्डिफोर र बिमिरा हटाउन
– महको प्रयोगले अनुहारको डन्डिफोर हटाउँछ। महमा हुने कीटाणुविरुद्धको शक्तिले अनुहारको बाहिरी सतहमा मात्र फाइदा गर्दैन। यसको प्रयोगले साना प्वालबाट भित्रीतहसम्म पुगेर डन्डिफोर हटाउँछ। यसका लागि काँचो महलाई प्रभावित भागमा लगाउने र १५ देखि २० मिनेटसम्म राख्ने। त्यसपछि चिसो पानीले पखाल्ने। नियमित यो क्रम जारी राखेमा डन्डिफोर हटेर जान्छ।
अनुहारमा चाउरीपन आउन नदिन
– महमा रहेको प्राकृति अक्सिडन्ट विरोधी तत्वले अनुहारमा चाउरी तथा रेखा आउन दिँदैन। घरमै महको मास्क बनाएर अनुहारमा कम्तीमा आधादेखि एक घण्टा राख्ने। यसले छालालाई लचकदार बनाउँछ र चाउरीपन आउन दिँदैन। अनुहारमा चमक पनि आउँछ।नागरिकबाट
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: