काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गरेको छ । लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी खालको नभएको र संविधान विपरित भएको भन्दै विज्ञापन रद्द गर्न माग गरेको हो ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजपाका नेता तथा सांसद लक्ष्मणलाल कर्णले विज्ञापन रद्द नभए आफुँहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । उनले भने, ‘सबै कुरामा आन्दोलन गर । आन्दोलनबाट व्यवस्थित हुन्छ यदि भन्ठानेको छ भने सरकारले हामी पछाडि हट्दैनौं ।’
उनले संविधानलाई लोकसेवा आयोगले पनि नमान्ने ? भन्दै प्रश्न गरे । उनले भने, ‘लोकसेवा आयोगले पनि नमान्ने यो संविधानलाई ? जुन मधेशी, जनजाति, मुश्लिम आदिलाई जुन दिइराखेको छ समानुपातिक समावेशी, ९ हजार को विज्ञापन निकाल्दाको अवस्थामा पनि दिएन । अब यो संविधान कसले मान्ने ? आयोगले, सरकारले नमान्ने, न्यायपरिषदले पनि नमान्ने हो भने कसले मान्ने हो यो संविधान ?’
उनले सरकारले नै मान्दैन, आयोगले नै संविधान मान्दैन भने, जनताले मात्रै यो संविधान कनि मान्ने भन्दै विराेध जनाए । कर्णले सर्वत्र विरोध भइरहेको विज्ञापन रद्द गर्नुपर्ने माग गरे । राजपा नेता कर्णले लोकसेवा आयोगकाे केन्द्रले संघको लागि मात्रै कर्मचारी नियुक्ति गर्नुपर्नेमा देशैभरिको कर्मचारी नियुक्ति गर्न खोजेको भन्दै आपक्ति जनाए ।
कर्णले भने, ‘हामीले कर्मचारी नियुक्ति गर्दा संघलाई मात्रै होइन प्रदेशलाई पनि अधिकार दिएका छौं । प्रदेशमा पनि लोकसेवा आयोग रहन्छ । प्रदेशले नियुक्ति गर्छ, आफ्नो र स्थानीय निकायको । तर अहिले प्रदेशलाई वेवास्ता गरिकन, स्थानीय तहलाई वेवास्था गरिकन लोकसेवा आयोग केन्द्रमा जुन संघिय कर्मचारीको मात्रै नियुक्ति गर्नुपर्नेमा उसले समग्र देशको लागि विज्ञापन निकालेको छ । के त्यो पाइन्छ ? के त्यो संवैधानिक व्यवस्था हो ?’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: