एजेन्सी । नयाँ शिक्षा नीतिमा तीन भाषालाई अनिवार्य गर्ने प्रस्तावका विरुद्धमा विरोध सुरुभएपछि भारत सरकारले प्रस्ताव फिर्ता लिएको छ । भारत सरकारले हिन्दी अनिवार्य हुने भन्ने शर्तलाई फिर्ता लिएको हो । चर्को रुपमा विरोध भएपछि सरकारले सोमबार शिक्षा नीतिको ड्राफ्ट परिवर्तनको घोषणा गरेको छ ।
नयाँ नीतिको प्रस्तावमा सरकारले तीन भाषालाई अनिवार्य हुने गरि अगाडि सारेको थियो । राज्यको मुल भाषा र साथसाथै विद्यालय पाठ्यक्रमहरुमा तेस्रो भाषाको रुपमा हिन्दीलाई अनिवार्य गरिएको थियो ।
नयाँ शिक्षा नीतिको संशोधित ड्राफ्टमा अनिवार्यको ठाउँमा वैकल्पिक शब्दको प्रयोग गरिएको छ । यस अनुसार, अब मातृभाषा र स्कुल भाषाको अलावा तेस्रो भाषा छान्ने अधिकार विद्यार्थीमा हुनेछ । यसरी तेस्रो भाषालाई अध्ययन गर्नको लागि शिक्षकले स्कुलमा मद्दत गर्नेछन् । अब जुन भाषा विद्यार्थीलाई सहज हुनेछ त्यै भाषा नै विद्यालयमा अध्ययन हुनेछ । त्यही भाषा तेस्रो भाषा हुनेछ ।
अहिले विरोध भएका दक्षिण भारतलगायतका ठाउँमा तेस्रो भाषाको रुपमा हिन्दी भाषा नहुने सम्भावना मान्न सकिन्छ । स्मरण रहोस्, नयाँ शिक्षा नीतिको प्रस्ताव बाहिरिएसँगै दक्षिण भारतमा राजनीतिक दल पक्षधर नै विरोधमा उत्रिएका थिए । नीतिको विरोधमा डीएमके, वामपन्थी र अभिनेत कमल हसनको मक्कल नीधि मैइम सबैभन्दा अगाडि आएका थिए ।
उनिहरुले हिन्दी भाषालाई जबरजस्त थोपर्ने षडयन्त्र भएको भन्दै विरोध गरेका थिए । कतिपयले यसलाई दव्रिडियनविरुद्ध आर्यको संघर्षको उपमासमेत दिएका थिए । एमडीएमकेका नेता भाईकोले हिन्दी लादिए पुनः भाषिक युद्ध शुरु हुने चेतावनीसमेत दिएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: