Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

चितवन च्याम्पियनशिप कप यस पटक पनि हुने

चितवन । विगत पाँच वर्षदेखि आयोजना गरिदैं आएको चितवन च्याम्पियनशिप कप यस पटक पनि हुने भएको छ । एभरेष्ट क्लवको आयोजनामा पाँचौ संस्करणको च्याम्पियनशीप जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा हुने । यही जेठ २४ गतेदेखी असार ७ गते सम्म हुने प्रतियोगिताको पुरस्कार राशी गत वर्षको भन्दा केही वढाईएको छ ।

प्रतियोगिताको बारे सोमवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै क्लवका अध्यक्ष अशोक देवकोटाले जिल्लावाहिरका ८ टिमसहित कुल १६ टिमको सहभागीता रहने वताए । प्रतियोगितालाई हानामी इन्टरनेशनल एजुकेशनले प्रायोजन गरेको छ भने सह प्रायोजकमा अल्फाबिटा चितवन रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख रुपैया प्राप्त गर्ने छ ।

गत वर्ष प्रथम पुरस्कार २ लाख २२ हजार रुपैया थियो । त्यस्तै द्धितिय हुने टिमले १ लाख ५० हजार तथा तृतिय हुने टिमले ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई नगद २० हजार तथा उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षापंक्तीले नगद १०/१० हजारका दरले पुरस्कृत गरिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र फोर वर्दस गैडाकोटबीच प्रतिस्पर्धा हुने छ ।

गैडाकोट गत वर्षको च्याम्पियन हो । प्रतियोगितामा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र गैडाकोटसहित नारायणगढ फुटवल क्लव, राप्ती रिभर फुटवल क्लव, नारायणी मोटर्स युनिक फुटवल क्लव, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, शशस्त्र प्रहरी वल भण्डारा, जु फुटवल क्लव जुगेडी, हर्दी युवा समाज भण्डारा, भैरव स्पोर्टस क्लव नवलपरासी, रामपुर फुटवल क्लव, सुनधारा फुटवल क्लव, वसन्तपुर युनाईटेड क्लव माडी, देशभक्त फुटवल क्लव, हानामी एभरेष्ट क्लव र अभिषेक चर्च नवलपरासीले सहभागीता जनाउने सल्लाहकार संयोजक सुरज सिह ठुकुरीले बताए ।

पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष देवकोटाले हानामी इन्टरनेशनल एजुकेशन र क्लवबीच पाँच वर्षका लागि सम्झौता भएको जानाकारी दिए । सो अबसरमा क्लवको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो । प्रतियोगिताका हेर्न रु ५० को टिकट व्यवस्था गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy