काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले ६५ वर्षमै बृद्धभत्ता दिने व्यवस्था गर्न माग गरेका छन् । बिहिबार संसदको शुन्य समयमा बोल्दै कांग्रेस सांसदहरुले अधिकांश नेपालीहरुको औषत आयु ६५ वर्षभन्दा मुनि भएको कारण ६५ वर्ष मै वृद्धभत्ता दिन माग गरेका हुन् ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले शेरवहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष मै वृद्धभत्ता दिने गरेको निर्णयलाई कार्यान्वयन गर्न माग गरे । संसदमा बोल्दै खाँडले भने, ‘नेपालका ५२ जिल्लाका मानिसहरुको औसत उमेर नै ६५ वर्षभन्दा तल छ । त्यसकारण ७० वर्षलाई ६५ गराइयोस् भन्ने हाम्रो माग हो । हिजोको पूर्ववर्ती सरकारले यो निर्णय गरिसकेको थियो । अहिलेको सरकारले यसलाई किन फिर्ता लिने ?’
त्यस्तै कांग्रेस कोषाध्यक्ष तथा सांसद सितादेवी यादवले पनि ६५ वर्षलाई कायम गर्न माग गरिन । उनले भनिन्, ‘ ‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन म जोडदार माग गर्दछु ।’
कांग्रेस सांसदहरुले गम्भीर प्रकारका बिरामीलाई पाँच हजार भत्ता दिने घोषणा कार्यान्वयन गर्न पनि माग गरेका छन् । कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । तर, यो लागू भएको छैन ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: