Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्नसक्ने अमेरिकाको चेतावनी

बिबिसी । अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ।

अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन्। एनएसएले पुराना भर्सनका विन्डोजहरूमा \'ब्लूकिप\' नाम दिइएको कमजोरी रहेको एक विज्ञप्तिमा जनाएको छ।

गत हप्ता माइक्रोसफ्टले पनि विन्डोजका केही पुराना भर्सनहरूमा साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको थियो।

कुन भर्सन कमजोर ?
\'विन्डोज ७ वा सोभन्दा अगाडीका भर्सन चलाउने सबै प्रयोगकर्ताहरूले तुरुन्तै अपडेट गर्नुहोला,\' माइक्रोसफ्टले भनेको छ। अमेरिकी अधिकारीहरूले ब्लूकिप कमजोरीका कारण कम्प्युटरहरूमा डाउनलोडमार्फत वा आक्रमणमार्फत असर गर्नसक्ने बताएका छन्। त्यस्ता कम्प्युटरहरूमा फाइल चलाउन पैसा माग्ने खालका र्‍यान्समवेयर समेत छिटै राख्न सकिने चेतावनी एनएसएको छ।

त्यो कमजोरीका कारण बाहिरी मानिसले कम्प्युटरमाथि टाढैबाट पुरै नियन्त्रण बनाउन सक्ने इन्टर्न्याशनल कम्प्युटर साइन्स इन्स्टिट्युटका निकोलस विभरले लेखेका छन्।

कसरी बच्ने ?
माइक्रोसफ्टका अनुसार विन्डोज अपडेट गरेर ती आक्रमणहरूबाट बच्न सकिन्छ। हालै अमेरिकाको बाल्टिमोर नगरको स्थानीय निकायका कम्प्युटर प्रणालीमाथि आक्रमण भएर सबै प्रणाली बन्द हुन पुगेको थियो। न्यूयोर्क टाइम्सका अनुसार एनएसएलाई उक्त कमजोरीका बारेमा धेरै पहिलेदेखि थाहा भए पनि उसले यो कुरा गोप्य राखेको थियो।

विन्डोजमा भएको यस्तै खालको कमजोरीलाई प्रयोग गरेर गएका तीन वर्षमा थुप्रै आक्रमणहरू भएको बताइएको छ।तीमध्येको प्रमुख आक्रमण \'वानाक्राइ\' थियो जसले संसारका लाखौं कम्प्युटरहरूलाई असर गरेको थियो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy