इस्लामाबाद, एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखी भेटघाटको लागि इच्छुक रहेको बताएका छन् । पाकिस्तानी सञ्चार माध्यमले जनाए अनुसार कश्मीर मुद्दाको विषयमा विवाद सुल्झाउन उनले भेटघाट गर्न खोजेका हुन् । खानले पत्र मार्फत नरेन्द्र मोदीलाई बधाई पनि व्यक्त गरेका छन् ।
इमरान खानले धेरै पटक वार्ताको लागि प्रस्ताव गरेका छन् । तर, भारतीय पक्ष वार्ताको लागि त्यति इच्छुक देखिएको छैन् । भारतीय पक्षले वार्ता र आतंकवाद एकसाथ चल्न नसक्ने प्रतिक्रिया दिइरहेको छ ।
पाकिस्तानी सञ्चार माध्यमले जनाएअनुसार, आगामी जुन १३–१४ मा किर्गिस्तानमा हुने संघाई कर्पोरेशन अर्गनाइजेशन (एससीओ) समिटमा पाकिस्तानले मोदीसँग वार्ता गर्न चाहेको छ । इमरानले दक्षिण एसियाको शान्ति, सद्भाव र गरीबीसँग लड्नको लागि दुईदेश बीच रहँदै आएको विवादलाई सुल्झाउन खोजेको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयद्धारा द्धिपक्षीय वार्तालाई अस्विकार
एससीओ समिटमा मोदी र इमरानका बीच द्धिपक्षीय वार्ता हुने कुरालाई भारतीय विदेश मन्त्रालयले अस्वीकार गरेको छ । भारतीय विदेश प्रवक्ता रवीश कुमारले केहि दिन अघि इमरान खानसँग कुनै कुराकानी हुने योजना नबनेको भारतीय मिडियामा बताएका थिए ।
आतंकवाद र वार्ता सँगै चल्दैनन् : भारत
जनवरी २०१६ मा भएको पठानकोट एयरबेस हमलासँगै भारत पाकिस्तानसँग आधिकारीक रुपमा कुराकानी गरेको छैन् । गत फरबरी २०१९ मा पुलवामा घटना र भारतले गरेको एयरस्ट्राइक पश्चात दुई देशबीच तनाब बढ्दै गएको छ । घटना पश्चात भारतले द्धिपक्षीय वार्ता र आतंक एक साथ चल्न नसक्ने प्रतिक्रिया दिंदै आएको छ । भारतले वार्ताको लागि पाकिस्तानले आतंकको साथ दिन छोड्नुपर्ने बताउँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: