Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

मधेसमा पानीकाे मुहान सुक्दै


जनकपुर । यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन्। चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ। तर, घाम उदाएपछि सुक्छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ।’

पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ। उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ।’

धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँचवर्ष पहिले ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो। अहिले सोही स्थानमा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका इन्जिनियर विजय यादव बताउँछन्। ‘वैज्ञानिक कारण त अनुसन्धानबाट पत्ता लाग्ने विषय हो। सरसर्ती हेर्दा पानी रिजर्भ नभएका कारण सतह तल गएको देखिन्छ।’

खानेपानी कार्यालय जनकपुरका प्रमुख विनोद मि श्रका अनुसार चुरे विनाशले पानीको सतह घट्दै गएको हो। उनले भने, ‘चुरे क्षेत्रको जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा पानीको सतह घट्न गई हाहाकार मच्चिन लागेको हो। ’

सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष सोम शर्माले पनि चुरे क्षेत्रको अत्यधिक दोहनले पानीको मुहान सुक्न थालेको बताए। उनले भने, ‘हुनेखानेले त जारको पानी किनेर तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौं हिँडेर पानीको जोहो गर्छन्।’ उनले माथिल्लो क्षेत्रमा पानीको रिचार्ज हुन नपाउँदा पानीको सतह तल जान थालेको बताए।

इन्जिनियर यादवका अनुसार जनकपुर नगर क्षेत्र आसपासमा ७० फिटमा पानी भेटिन्छ। तर माथिल्लो तहको पानीमा बढी आइरन हुन्छ। पिउन योग्य हुँदैन। दोस्रो तह १०० फिट र तेस्रो तह १५० फिटमा छ। दोस्रो र तेस्रो तहको पानी भने पिउन योग्य हुन्छ।

उनले भने, ‘पानी परेपछि दुई चार मज्जाले आउँछ। त्यसपछि फेरि त्यस्तै अवस्था हुन्छ।’ चुरे विनाशका कारण पानी रिजर्भ हुन नसकेको उनले बताए। उनले भने, ‘पानी रिजर्भ हुने ट्यांकी चुरे दिनप्रतिदिन मासिँदै गयो। अनि पानीको हाहाकार मच्चिँदै गयो।’

धनुषा तथा महोत्तरीको उत्तरी क्षेत्रका दर्जन भन्दा बढी गाउँका बासिन्दा खानेपानीको चर्को समस्यामा छन्। महोत्तरीका गौशाला, बर्दिबास, खयरमारा, बाहुनमारा, टुटेश्वर, हाथिलेट, धनुषाका तुल्सी, लालगढ, लवटोली, गोदार, ढल्केवर, धारापानी गाउँमा पानीको हाहाकार छ। ‘हिउँदमा बाहिरबाट पानी ल्याएर खानुपर्छ’, महोत्तरी टुटेश्वरका देवेन्द्रकुमार कुशवाहा भन्छन्, ‘चुरे विनाशसँगै पानीको सतह सुक्न थाल्यो, चुरे फेदीका बासिन्दा काकाकुल बने।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE