Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

देशभरका गुठी जग्गा अतिक्रमण बढ्दै

काठमाडौं । देशभर गुठी एवं संस्थाको जग्गा अतिक्रमण बढेको छ। गुठी संस्थानका ७० जिल्लामा जग्गा छन्। अधिकांश जिल्लाको गुठी अतिक्रमणमा परेको छ। तर कति अतिक्रमण भयो भन्ने तथ्यांक गुठी संस्थानसँग पनि छैन। संस्थानका प्रवक्ता सरोज थपलिया गुठीको जग्गाको यथार्थ विवरण नभएको स्वीकार गर्छन्। ‘जग्गाको विवरण त छैन अतिक्रमणको तथ्यांक कहाँ हुनु’, उनले भने, ‘तर जताततै गुठीका जग्गा अतिक्रमण भएको छ।’

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - गुठी संस्थानले संकलन गरेको विवरणअनुसार गुठीको पहाडमा ५ लाख ६१ हजार ९९० र तराईमा ६६ हजार ३३० विघा जग्गा छ। पहाडको होस् वा तराई गुठीको जग्गा अतिक्रमणमा परेको छ। महालेखा प्रतिवेदनले पनि गुठीको जग्गा देशभर अतिक्रमण भएको जनाएको छ। देशभर राजगुठी दुई हजार २८२, गुठीका देवस्थल मठमन्दिर ७१७, पार्टी पौवा ६४७, पोखरी १५९, जात्रा पर्व काठमाडौं उपत्यकामा भित्र २ हजार १३ सूचीकृत भएको गुठी संस्थानले जनाएको छ।

महालेखा प्रतिवेदनअनुसार धनुषामा १७ विघा, महोत्तरीमा ७२ विघा, बारामा २७ विघा, काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी, पर्सामा ७ विघा, भक्तपुरमा २ रोपनी जग्गा अतिक्रमण भएको छ। यो विवरणभन्दा अझै बढी जग्गा मासिएको हुन सक्ने अनुमान छ। जनकपुरमा मात्रै १० हजार विघा जग्गा अतिक्रमणको चपेटामा परेको तथ्य भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको नयाँ प्रतिवेदनमा छ।

काठमाडौंमा पनि २ हजारभन्दा बढी रोपनी जग्गा मिचिएको छ। बृहत्तर जनकपुरक्षेत्र विकास परिषद जनकपुरधामबाट प्राप्त विवरणअनुसार राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमान नगर गुठीलगायतका गुठीका १ हजार १ सय ८८ कित्ता अतिक्रमणमा परेको उल्लेख छ। दाङको नारायणपुरस्थित करिब १ सय ५७ रोपनी जग्गा अतिक्रमणमा परेको संस्थानले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र समेत अतिक्रमित जग्गाको क्षेत्रफल उल्लेखित तथ्यांकभन्दा फरक छ। काठमाडौं महानगर–७, गुह्येश्वरीस्थित गुह्येश्वरी सिन्दुर चन्दन तैनाथी गुठी जग्गा कि।नं। ८४ को ४ रोपनी ९ आना २ पैसा २ दाम क्षेत्रफल जग्गा अतिक्रमणमा परेको छ। यो जग्गाको दुवैतर्फ बाटो बनाइएको छ। गुहेश्वरीको पूर्वतर्फ अतिक्रमण गरी करिब १५÷१६ साना ठूला घर ९पक्की समेत० टहरा निर्माण गरिएका छन्।

पश्चिमतर्फ टोल सुधार भवन र खेलमैदान बनाइएको छ। सब संरचना बने पश्चात बाँकी रहेको १ रोपनी २ आना जग्गामा सीमित छ। पछिल्लो पटक अतिक्रमण हटाउने सम्बन्धमा २०७४ चैत १ मा संस्थानले पुनः निर्णय गरे पनि हटाउन सकेको छैन। कालोपुलबाट गौशालातर्फ जाँदा उत्तरपूर्वमा रहेको भण्डारेश्वर गुठीको काठमाडौं महानगर–७ स्थित कि। नं। ९ र १० को क्रमशः ३ रोपनी २ आना ३ पैसा र ५ रोपनी ९ आना २ दाम १ पैसा रोपनी जग्गा अतिक्रमण भएको छ।

यो गुठी जग्गा सन्यासीको समाधीका लागि र पशुपतिमा दैनिक भीमसेनपाती चढाउन स्थापना गरिएको हो। जग्गाको बीचबाट स्थानीय बासिन्दाले संस्थानको स्वीकृति नलिइ मोटरबाटो खोलेको र व्यक्तिले टहरा बनाई व्यवसाय सञ्चालन गरेका छन्। यो जग्गामा ग्रील उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

संस्थानले अतिक्रमण हटाउन बारम्बार पत्राचार गरे पनि अतिक्रमण यथावत छ। काठमाडौ महानगर–२ ९क० कित्ता नं।४१ को टेकु जगन्नाथ मन्दिरको तैनाथी गुठी जग्गा अतिक्रमणमा परेको छ। यो मन्दिरसँगै रहेको जग्गामा व्यक्तिले पुराना सामग्री संकलन गर्ने स्थानको रुपमा उपयोग गरेको छ। जसको उपयोगको लागि उक्त व्यक्तिले संस्थानको स्वीकृति लिएको छैन। यो जग्गामा रहेका मन्दिरका सटरमा केही परिवार बसोबास गरिरहेका छन्।

जनकपुरमा रहेको वाराही गुठीको जग्गामध्ये विभिन्न १० कित्ताका ६ विघा ३ कठ्ठा ५ धुर जग्गा जनकहजारी विद्यापीठलाई अध्ययन कार्य हुन्जेलसम्मका लागि उपलब्ध गराइएको थियो। तर अझै उपयोग गरिरहेको छ। यो जग्गा संस्थान सञ्चालक समितिको २०५० जेठ ३ र नेपाल सरकारको २०७५ जेठ १३ को निर्णयअनुसार भोगचलन गर्न दिएको पाइएको छ। यसरी भोगचलन भइरहेको जग्गामध्ये सिट नम्वर १३५४÷१४ को कित्ता नम्बर १, २, २८ र ४९ को २ विघा १४ धुर जग्गा कीर्ते गरी रत्नसागर मठको महन्थले मठका पूजारीको नाममा मोही कायम गरी नामसारी गरेको भनी जनकहजारी विद्यापीठका प्राचार्यले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले महन्थ र पूजारीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। जग्गाधनी महलमा रत्नसागर गुठीको नाम र सोही महलमा आफ्नै मठका पुजारीको नाम उल्लेख गरी लालपूर्जा बनाएको संस्थानको अभिलेखबाट देखिएको छ। यो जग्गा कीर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको भन्ने उजुरी संस्थानमा पहिल्यै परे पनि प्रभावकारी कदम चाल्न नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

गुठी संस्थानको स्वीकृति बिना सरकारी कार्यालय, व्यक्ति, संस्था वा अन्य निकायले जग्गा उपयोग गरिरहेको पाइएको छ। संस्थानबाट प्राप्त विवरणअनुसार धनुषामा ६४ रोपनी ७ आना जग्गामा गुठी संस्थानको स्वीकृति बेगर २९ कार्यालय सञ्चालनमा छन्। त्यस्ता गुठी जग्गाको हिसाब गर्दा १४ अर्ब ४७ करोड रुपैयाँ गुठी संस्थानलाई बुझाउनुपर्ने देखिन्छ। संस्थानको प्रमुख आय त्यस्ता जग्गाको मुआब्जा, क्षतिपूर्ति, बहाल गुठीले नपाउदा गुठी संस्थानको आम्दानी घटेको छ भने गुठीको स्थायित्व चुनौतीपूर्ण बनेको छ।

भवनलक्ष्मीश्वर महादेव गुठीको नाममा रहेको १० रोपनी २ पैसा २ दाम जग्गामा हाल महानगरीय प्रहरी वृत्त, लैनचौरले भवन निर्माण गरेको छ। भवन निर्माण भएको जानकारी पश्चात गुठी संस्थानबाट २०७२ असोज २७ मा बिना स्वीकृति घर निर्माण नगर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेकोमा तत्पश्चात उक्त वृत्तले जग्गा खरिद गरी भवन निर्माण गर्ने भनी पत्रचार गरेको देखिन्छ।

गुठी संस्थानले ०७५, ७६ को मूल्यांकनअनुसार १ करोड २३ लाख संस्थानलाई बुझाउन २०७४ फागुन ९ गते वृत्तलाई पत्राचार गरेको देखिन्छ। तर पटक–पटक पत्राचार गर्दा समेत वृत्तले संस्थानलाई रकम उपलब्ध गराएको छैन। हाल उक्त जग्गामा वृत्तको ५ तल्ले भवन निर्माण भइसकेको छ। काठमाडौं महानगर–१, नक्सालस्थित संस्थान मातहतको नन्दीकेशर गुठीको रैतानी जग्गामा जनआन्दोलन स्मारक पार्क निर्माण गर्न नेपाल सरकारले २०६६ पुस ६ मा निर्णय गरेको थियो। सोअनुसार गुठी अन्तर्गतको कि।नं।४७९ को १९ रोपनी ३ आना २ पैसा ३ दाम जग्गाको नामसारी गरी दिन भनी २०६६ पुस २१ मा पत्रमार्फत संस्थानमा अनुरोध गरेको छ।

जग्गाको मूल्यांकन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवसहित २०६७ जेठ २३ मा बसेको बैठकले जग्गाको मूल्यांकन गरी प्रतिवेदन दिन भूमिसुधार तथा व्यवस्था विभागका निर्देशकको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको थियो। समितिले ०६७, ६८ को मूल्यांकनअनुसार प्रति आना १८ लाखका दरले हुने रकममा ५० प्रतिशत थप गरीे ८३ करोड ७ लाख ५६ हजार निर्धारण गरी २०६७ साउन २१ मा प्रतिवेदन बुझायो।

तत्पश्चात संस्थानले पटक–पटक अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि हालसम्म रकम प्राप्त भएको छैन। हालको मूल्यांकन दरमा वा साविकको रकममा व्याज गणना गर्दा जग्गाको मूल्य करिब दोब्बर हुन जान्छ। यसरी मन्त्रिपरिषदको निर्णयअनुसार जग्गामा हाल पार्क तयार भइसके पनि संस्थानलाई रकम दिएर विधिवत् रुपमा जग्गा नामसारी गर्ने कार्य भएको छैन।

नापीअनुसार तत्कालीन काठमाडौं महानगर–११ बबरमहलस्थित केदारेश्वर महादेव गुठी तैनाथी जग्गा कि।नं। १८४, सिट नं। ११४५–२० को २ रोपनी १४ आना क्षेत्रफलको जग्गा स्थलगत निरीक्षण गर्दा अतिक्रमणमा परेको पाइएको छ। राष्ट्रिय युवा परिषद्लाई बिक्री गर्न पत्राचार तथा मूल्याकंन समेत भएको जग्गा परिषद्ले खरिद गरेको छैन। जग्गाको उत्तरतर्फ स्थानीय बासिन्दाले निजी प्रयोजनका लागि बाटो खोलेका छन्। सोही दिशामा बसन्तनगर विकास समाजले एक तले ट्रस भवन निर्माण गरेको छ। जग्गाको पूर्वदक्षिण भाग अतिक्रमण गरी २÷३ वटा टहरा बनाएका छन्। उक्त अतिक्रमणलाई संस्थानले हटाउन सकेको छैन।

कमलादी गणेश मन्दिर परिसरमा गुठी संस्थानको एक सत्तल छ जुन जीर्ण भइसकेको छ। स्थलगत अवलोकनका क्रममा सत्तलको भुँईतलामा ८ वटा पसल सञ्चालनमा रहेको र त्यसको माथिल्लो तलामा व्यक्ति बसोबास गरिरहेका छन्। यी पसल संस्थानले बहालमा लगाए पनि सोबाट संस्थानलाई न्यून रकम प्राप्त हुने गरेको छ।

व्यापारिक दृष्टिले महत्वपूर्ण उक्त स्थानमा पुरानै शैलीमा व्यवस्थित सत्तल बनाउने र मन्दिरको वातावरणमा असर नपर्ने प्रकृतिका व्यवसायका लागि भाडामा दिने हो भने संस्थानको आय वृद्धि हुने पक्का छ। साविक चावहिल गाविस–३ कि।नं। १०० को १० रोपनी ८ आना जग्गा रहेको चावहिलको चक्र पूजा गुठी जग्गाको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलेको र अदालतबाट २०७४ मंसिर २२ मा संस्थानको पक्षमा निर्णय भई संस्थान मातहत जग्गा आएको छ। तत्पश्चात उक्त जग्गामा रहेको घर टहरा संस्थानको पहलमा २०७५ भदौमा हटाए पनि २०७५ असोज ११ मा पुनः सर्वोच्च अदालतमा पुनरावोलकन लागि मुद्दा दायर भएकाले संस्थानले जग्गा उपयोग गर्न सकेको छैन।

खोटाङको हलेसी गुठीको जग्गा, पर्साको विरुवा गुठी र वाणलिङ्ेवर (सिमरा)को गुठी जग्गा, काभ्रेको सिपाघाटस्थित पशपति महास्नान गुठीको जग्गा, दोलखा भेडपुको भीमसेन गुठी र कालिञ्चोकको गुठी जग्ग्गा समेत अतिक्रमणमा परेको छ। म्याग्दीको राखु भगवती समेत ४ वटा तत्कालिन गाविसको गुठी, पाल्पा रामपुर श्री रामलक्षमण गुठी, नवलपरासीको गिदाहा मौजा, डँडेलधुराका गुठी, धनकुटाको लेगुवा महालक्षमी नगरपालिकास्थित नागेश्वर गुठी, संखुवासभाको आँखीभुइस्थित दुग्धनाथ गुठीका जग्गा पनि अतिक्रमणमा परेको छ। त्यसैगरी डोटीको काँडामाडौंको सानो त्रिपुरासुन्दरी गुठी, अछामको वैधनाथधाम समेत विभिन्न गुठीको जग्गा अतिक्रमण गरिएको छ। महालेखाले गुठीको जग्गाको अभिलेख, उपयोग तथा संरक्षणमा विभिन्न निकायसँग समन्वय गरी संस्थानले कार्य गर्नुपर्ने निर्देशन दिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE