काठमाडौं । चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्। शनिबार भएको सङ्घको निर्वाचनमा उनको प्यानलले जित हात पारेको हो। कुल ३८७ मतदाताले मत दिएकोमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पराजित गरे। खड्काले २१८ मत प्राप्त लामिछानेले १६१ मत प्राप्त गरिन्।
त्यस्तै उपाध्यक्ष पदमा रेजिना उप्रेती र सानुकुमार ताम्राकारले जित हात पारेका छन्। उनीहरूले क्रमशः २४३ र १७५ मत प्राप्त गरे। उप्रेतीले खड्का प्यानलबाट उम्मेदवार दिएकी थिइन। त्यस्तै खड्का प्यानलबाट उम्मेदवार रहेका विनोदकुमार भट्टराईले ९६ मत मात्र प्राप्त गर्दा अर्का उम्मेदवार मनोज केसीले १४२ मत प्राप्त गरे।
महासचिवमा पनि खड्का पक्षीय उम्मेदवार चेतबहादुर सिंहले जित हात पारेका छन्। उनले १८७ मत प्राप्त गर्दै जित हात पार्दा अर्का उम्मेदवार सञ्जय खतिवडाले १५६ मत प्राप्त गरे। सचिवमा पनि खड्का प्यानलकी पनाह अधिकारी विजयी भएकी छन्। उनले १९४ मत ल्याउँदा कविता गेलाल शर्माले १६९ मत ल्याइन्।
सह(कोषाध्यक्षमा पनि खड्का पक्षीय उम्मेदवार पवित्रा आचार्य विजयी भएकी छिन्। उनले २२० मत प्राप्त गरिन्। सह(कोषाध्यक्ष पदका अर्का उम्मेदवार डिबी बमजनले १३३ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा यसअघि नै सुनील कटुवाल निर्विरोध निर्वाचित भएका थिए।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: