Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

ठुलो संख्या नेता कार्यकर्ता पक्राउ परेपछि विप्लव नेकपाले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । वैठक बसिरहेको स्थानबाट एकैपटक धेरै संख्यामा नेता तथा कार्यकर्ता पक्राउ परेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विज्ञप्तै नै निकालेर विरोध जनाएको छ । नेकपा कास्कीका इन्चार्ज रुपेशद्धारा हस्ताक्षरित विज्ञप्तीमा सरकारले संविधान प्रद्धत्त अधिकारलाई उल्लघंन गरेको भन्दै विना सर्त रिहाईको माग गरिएको छ ।

सरकारले संवैधानिक अधिकार उल्लंघन गर्यो भन्दै विज्ञप्तीमा भनिएको छ, ‘विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासीवादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देख्दै व्यापक दमनमा उत्रिएको सर्व्विदितै छ । आफ्नो दलाल सत्ता जोगाउन उसले संविधानले नै मौलिक हकका रुपमा निर्धारण गरेको ‘विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने’ अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको छ ।’

विप्लव नेतृत्वको नेकपाले विज्ञप्ती मार्फत राजनीतिक स्वतन्त्रताको सुनिश्चित गर्न माग गरेको छ । उसले नेता तथा कार्यकर्तामाथि धरपकड र दमनप्रति भत्सना गरेको छ ।

गत शनिबार कास्कीको अन्नपुर्णबाट बैठक बसिरहेको बेला नेकपाका कास्की सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य मिलन राई, अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष काजी गुरुङ र पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष प्रकाश बास्तोलालगायत २२ जना आफ्ना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए ।

यस्तो छ नेकपाले निकालेको विज्ञप्ती

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy