Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

धर्मप्रचारकको टोपी लगाएर सनातन धर्ममाथि सरकारले प्रहार गर्दैछ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले धर्म प्रचारकको टोपी लगाएर पुरातन र सनातन धर्ममाथि प्रहार गरेको आरोप लगाएको छ । कांग्रेसले गुठी विधेयकको विरोधमा गुठियारहरुले गरेको आन्दोलनमा भएको दमनको आपत्ति जनाएको छ ।

सोमबार संसदमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले दमनप्रति आपत्ति जनाए । उनले भने, ‘धर्मप्रचारकको टोपी लगाएर नेपालको पुरातन, सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दछ । यो घोर आपत्ती जनक छ ।’ खाँडले सरकारलाई यस्तो रवैया नदेखाउन चेतावनी दिए । उनले यस्तो गतिविधि कुनैपनि नेपालीले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

खाँडले धर्म संस्कृतिको रक्षा गर्छु भन्ने सरकारले होली वाईन छर्किदैं हिंडेको आरोप लगाए । उनले भने, ‘एकातिर धर्म संस्कृतिको रक्षा र परम्पराको कुरा छ, अर्कोतिर धर्मनिरपेक्षताको कुरा छ । स्वंय सरकार आफैंले नै राज्यकोषबाट ठूलो धनराशी खर्च गरेर होली वाईन छर्किदैं हिंड्छ सम्माननीय सभामुख ज्यू !’

संविधान विपरित विधेयकहरु बारम्बार सदनमा किन प्रवेश गराउन खोजिन्छ ? भन्दै खाँडले संविधानको गम्भिरतापूर्वक अध्ययन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले संविधानको पालना गर्ने सरकार नै संविधानको उल्लंघन गर्न तर्फ गएको भन्दै आपत्ति जनाए । उनले भने,‘ विभिन्न विधेयकहरु चाहे प्रेस स्वतन्त्रताको विधेयक होस्, चाहे मानवअधिकारसँग सम्बन्धी विधेयक होस्, संविधानले प्रदत्त गरेका हकअधिकारहरुलाई कुण्ठीत गर्ने मनसायबाट लिइएर आइएको छ । यो आपत्तिजनक छ ।’

पछिल्लो पटक आएको गुठीसम्बन्धि विधेयक धर्मसंस्कृति विरोधी भएको खाँडको दाबी छ । उनले रिति थिति, मठ मन्दिर र गुठीको अस्थित्व नै समाप्त पार्ने गरि विधेयक ल्याइएको आरोप लगाए । विधेयक प्रति कांग्रेसको घोर आपत्ति रहेको उनले जनाए ।

उनले सरकारलाई संविधान अनुसार विरोध गर्न पाउने अधिकारलाई सरकारले कुल्चन खोजेको आरोप लगाए । खाँडले आम नागरिक स्वतन्त्र रुपमा भेला हुन पनि नपाउने भनि प्रश्न गरे । उनले भने, ‘आम नागरिकले शान्तिपुर्ण भेला हुन पाउने कि नपाउने ? माईतीघरमा जम्मा हुन पाउने कि नपाउने ? रत्नपार्कमा जम्मा हुन पाउने कि नपाउने ?’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy